सामाजिक सेवा नै राजनिती भएकाले राजनितिक यात्रा सुरु गरेको हुः डाक्टर सन्तोष उपाध्याय

Kirci Gyan Kendra

असोज १४ अछाम ।
विगत समयदेखी सामाजिक कार्यमा सक्रिय डाक्टर सन्तोष उपाध्यायले आफुले राजनितिक यात्रा सुरुवात गरिसकेको बताउनु भएको छ । सामाजिक सेवा नै राजनितिक यात्रा भएकाले आफ्नो जन्म थलो अछाममा सघर्षका साथ राजनितिक यात्रा सुरु हुने उहाँले बताउनु भएको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ कृष्काटिया घर भएका डाक्टर उपाध्यायले रेडियो रामारोशनसँग कुराकानी गर्दै नेपाली काग्रेसको १४ औँ महाधिबेशन सुरु हुनै लाग्दा क्षेत्रिय प्रतिनीधी समेत बनिसकेकाले महाधिबेशन प्रतिनीधीको तयारीमा आफु लागेको भन्दै फरक तरिकाले अछाममा राजनीतिक गर्ने बताउनु भयो । एमबिबिएस पढाई सकेर २०७५।०७६ मा पहीलो पटक अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा करिब १४ महिना सेवा दिइरहदा अछामका थुप्रै समस्याको बारेमा जानकार भएकाले अब समाधानका लागी योजना बद्ध तरिकाले अघि बढने उहाँले बताउनुभयो ।

Saud Agro Kailash

२ बर्ष पहीले मंगला नेरा मावि वलिगाउ र कमलबजार नगरपालिकाको एक माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनाको अभियान थालेकाले यसपाली समेत जिल्लाका अन्य माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो ।

फरक प्रसंगमा बोल्दै डाक्टर उपाध्यायले अछामी भनेर चिनाउन पाउदा आफु गौरवान्वित भएको बताउनु भयो । आफुले उपलब्धी हासिल गरेका हरेक मंञ्चमा अछाम जोडिने भएकाले अछामलाई चिनाउने अभियान कहील्यै नरोकीने बताउनु भयो । अछामले विकासमा फडको मार्न नसकेको प्रती संकेत गर्दै अब योजनाबद्ध तरिकाले अघि बढन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

३० बर्षको उमेरमा राजनीतीक यात्रा शुभारम्भ गरेका उपाध्यायले भने “हरेक काममा म सफल हुदै गएको छुं, आगामी दिनमा पनि सफल बन्दै जानेमा विश्वस्त छुं ।” यतिबेलाको समय बोलेर नभई गरेर देखाउने बेला भएकाले अछामको माटोमा सघर्षको यात्रा अघि बढ्ने उहाँले बताउनु भयो ।

डा. उपाध्याय सन् २०१९ का मिस्टर नेपाल हुन भने सन् २०२० का मिस्टर सुपर स्टार र सन् २०२१ मा पोल्याण्ड सुप्रानेशनल थर्ड रनरअप बन्न सफलभएका व्यक्ति हुन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.