नागरिकलाई सेवा प्रदान गर्न मंगलसेन नगरपालिकाको टोली गाउँगाउँमा, नगरबासी खुसी
१२ वटा वडामा सेवा प्रवाह गरिदा ५ हजार ९ सय ८ जनाले सेवा पाए

२२ श्रावणः
मंगलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घर दैलोमै सेवा प्रवाह गर्न गाउँगाउँमा टोलि परिचालन गरि घुम्ति सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा, राजश्वर र व्यवसाय दर्ता नविकरण सम्वन्धि सेवा हरेक वडामै पुगेर प्रदान गरिएको हो ।
१४ वडा रहेको मंगलसेन नगरपालिकामा १२ वडामा सेवा प्रवाह कार्य सम्पन्न भईसक्दा ४ हजार २४२ जनाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्वन्धि सेवा लिएका छन भने १ हजार १६६ जनाले राजश्व र व्वयवसाय सम्वन्धि सेवा पाएका छन । एकिकृत सम्पत्ति कर र व्यवसाय दर्ता नविकरण वाफत २ लाख ८३ हजार १०१ रुपैयाँ राजश्व पनि संकलन भएको छ ।
सामाजिक सुरक्षा अन्तर्गत ६८ वर्ष माथिका जेष्ठ नागरिक १ हजार ५७७ जना, जेष्ठ दलित ३१८ जना, जेष्ठ एकल महिला १८२ जना, विधवा ४७४ जना, पूर्ण अपांग (क) वर्ग १० जना, (ख) बर्ग अपांग ४२ जना, बालबालिका क्षेत्र तोकिएका १ हजार १२७ जना र बालबालिका दलित४५८ जनाले सेवा नगरपालिकाले जनाएको छ । यस्तै ९९ जना नयाँ सामाजिक सुरक्षा लाभग्राहीको नाम दर्ता गरिएको छ ।

नगरवासिलाई नगरपालिकामै आएर सेवा लिन अप्ठेरो पर्ने देखिएपछि घुम्ती सेवा संचानमा ल्याइएको नगर प्रमुख पदमबहादुर बोहोराले बताउनुभयो । ‘कतिपय वडाका करदाताले २ सय रुपैयाँ कर तिर्न हजारौं खर्च गरेर नगरपालिका आउनु पर्ने वाध्यता छ । यो वाध्यता हटाउनको लागि नगरपालिकाले नै वडावडामा घुम्ती सेवा संचालन गरेर नागरिकलाई सुविधा दिएको हो,’ नगर प्रमुख बोहोराले भन्नुभयो ।
जनतालाई सहज होस भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा सञ्चालन गरी जनतालाई घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनुभयो । श्रावण ५ गतेबाट वडा नम्बर १ र २ बाट घुम्ती सेवा सुरुवात गरेको थियोे । हालसम्म १२ वटा वडाहरुमा सेवा प्रवाह सम्पन्न भईसकेको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । श्रावण महिनामा सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको विवरण नविकरण गर्ने, एकिकृत सम्पत्ति कर बुझाउने र व्यवसाय दर्ता तथा नविकरण गर्ने बेला भएकोले नगरबासिकै सहजताका लागि सामाजिक सुरक्षा शाखा र राजश्व शाखाका कर्मचारीहरुलाई कार्यतालिका नै बनाएर वडा वडामा खटाईएको नगरपालिकाले जनाएको छ ।
मंगलसैन नगरबासिको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघी सारिएको नगरपालिकाले जनाएको छ । नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफुले आफ्नो घर आगनमै सेवा पाउँदा खुशी महुशुस भएको मंगलसेन नगरपालिका वडा नम्बर ६ का गंगाराम भण्डारीले बताउनुभयो । नगरपालिकाले संचालन गरेको घुम्ती सेवा शिविरले नगरपालिका बाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा,डाँडीगडे,कालागाँका नागरिकहरुले गाउँमै सेवा पाएपछि उनिहरु खुशी भएकाछन ।
घुम्ती सेवा मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरु र भूमि कर, व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने नगरवासिहरुलाई आफ्नै वडामा एकैपटक सेवा प्रदान गरिदा नजिकको सरकारको अनुभूति हुने गरेको छ । १४ वटै वडामा संचालन गरिने यो अभियान श्रावण ५ गतेबाट सुरु भएको श्रावण २४ गते भित्र नगरका सबै वडामा अभियान सम्पन्न गरिसकिने नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।
