सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
काठमाण्डाै – सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको संयोजकत्वमा आयोग गठन गरेको सरकारकी प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । आयोगको सदस्यहरुमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहनुभएको छ ।
समितिले सुन तस्करी नियन्त्रणको सुझाव सहितको प्रतिबेदन पेस गर्नेछ ।