जनसरोकारका विषयमा माओवादी केन्द्र अछाम द्वारा प्रशासनलाई ज्ञापनपत्र

Purnima Mobile
Kirci Gyan Kendra

अछाम ।

Samajik New Add 2082

नेकपा (माओवादी केन्द्र)ले असिना पानीले किसानको बाली नष्ट गरेको र उनीहरुलाई क्षतिपूर्तीसहितका माग राखेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

Mellekh RM1

जिल्ला इन्चार्ज ओमप्रकाश पुनको नेतृत्वमा सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

Saud Agro Kailash

ज्ञापनपत्रमा केही दिन पहिले गएको भूकम्प र बाढी पहिरोबाट भएको क्षतिपूर्ती लागि पहल गर्न माग गरिएको छ । त्यस्तै, जिल्लामा नियमित रुपमा लोडसेडिङ भइरहेको बताउँदै चाडबाडलाई मध्यनजर गर्दै विद्युतलाई नियमित गराउन पहलको माग पनि गरिएको छ ।

त्यसैगरी दशैं तिहारको मौकामा हुने अखाद्य पादर्थको बिक्रीवितरण, जुवातास र जाँडरक्सी नियन्त्रणको लागि निगरानी तथा अनुगमनको माग पनि गरिएको छ ।

इन्चार्ज पुनका अनुसार साँफेबगर नगरपालिका अन्तरगतको बैजनाथ रैकर गुठियारहरुको समस्या समाधानको लागि पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.