
मंगलसेन नगरपालिका वडा न १ मा रहेको मालिका आधारभुत विद्यालय रक्तुका ब्यवस्थापन समितिका अध्यक्ष मिन राज नाथले आफ्नो जन्म दिनको अवसरमा विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।


जन्म दिनमा गरिने फजुल खर्च घटाएर अध्यक्ष नाथले सोही विद्यालयमा अध्यानरत १३ जना टुहुरा र १३ जेहेन्दार विद्यार्थि गरि २६ जनालाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजनागरि अध्यक्ष नाथले शैक्षिक सामाग्री वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक पम्फा रावलले जानकारी दिनुभएको छ ।

अध्यक्ष नाथले विद्यालय सेवा क्षेत्र भित्रका अभिभावक तथा सामाजिक अभियान्ताहरुलाई यस्ता अवसरमा गरिने फजुल खर्च घटाएर यस्ता गरिब तथा जेहेन्दारु विद्यार्थिका क्षेत्रमा लगानी गर्न आग्रह समेत गर्नुभएको छ ।
