जिल्लामा मानव अधिकारकर्मीको पहिचान हुन जरुरी: सरोकारवाला

Purnima Mobile
Kirci Gyan Kendra

असोज १९ अछाम :
जिल्लामा मानव अधिकारकर्मीको पहिचान हुन जरुरी रहेको एक कार्यक्रमका सहभागिले बताएका छन । मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था ब्यक्तिको सुरक्षाका लागि जिल्लामा सुरक्षा निकायले बिशेष सहयोग गर्नु पर्नेमा जोड दिएका हुन ।

Samajik New Add 2082

मानव अधिकार रक्षक संन्जाल अछामको आयोजनामा मंगलसेनमा जिल्लामा मानव अधिकार रक्षकहरुको अधिकार संरक्षण तथा सम्बर्द्धनका बिषयमा सरोकारवालासँग भएको छलफलमा मानव अधिकारकर्मीको सुरक्षा निम्ति सरकारले बनाएको सुरक्षा नितिको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन । मानव अधिकार रक्षक संन्जाल अछामका अध्यक्ष दुधकला बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले हरेक हिसा तथा दोन्द्धमा शान्तिपूर्ण अबस्था कायम गर्न मानव अधिकारकर्मीको भुमिका महत्त्वपूर्ण हुने गरेको बताउनु भयो । विगत दोन्द्धको समय जस्तो अबस्थामा नेपालमा नभएको बताउनु भएको थियो ।

Mellekh RM1
Saud Agro Kailash
कार्यक्रमका सहभागी सरोकारवाला ।

मानव अधिकारकर्मीले आफ्नो पहिचान स्थापनाका लागि अझै सघर्ष गर्नु पर्नेमा जोड दिदै सविधानले दिएको अधिकारलाई सबैले कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । हरेक मानव अधिकारकर्मीलाई आफ्नाे तर्फबाट सुरक्षा दिन तत्पर रहेको बताउनु भयो ।

कार्यक्रममा अछामका प्रहरी प्रमुख डिएसपि तुलसीराम अर्यालले अछाममा अझै मानव अधिकारकर्मीको पहिचान छुट्टिन नसकेको बताउनु भयो । त्यसतर्फ आबद्ध संस्था ब्यक्तिलाई जिल्ला प्रशासनमा जानकारी दिन समेत आग्रह गर्नु भयो ।

छलफल कार्यक्रममा सरकारी वकिल कार्यालय, जिल्ला अदालत, कानुन ब्याबसायी, मानव अधिकारकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण ईन्सेक अछामका प्रतिनिधि शिवराज ढुगांनाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.