बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौं, भदौ २७ ।

Samajik New Add 2082

सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन।

यसअघि सरकारले गत शुक्रबार संसदमा अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन विधेयक ल्याएको थियो। उक्त विधेयक अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा पेस गरिसकेका छन्।

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ। आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ।

-सेतोपाटीबाट

Leave A Reply

Your email address will not be published.