बझाङको डोब्रा अस्पतालमा ५ वर्षदेखि बन्द

बझाङ:

Samajik New Add 2082

कर्मचारी अभावकै कारण बझाङको डोब्रा सामुदायिक अस्पताल विगत ५ वर्षदेखि बन्द अवस्थामा छ। जिल्लाको छविसपाथिभेरा गाँउपालिका जिवलीस्थित अस्पताल बन्द अवस्थामा हुँदा संरचना तथा उपकरणहरु कामै नलाग्ने भएका छन्।

२०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार तत्कालिन ब्याँसी गाँउ विकास समितिको ७० हजार र मटेला गाँउ विकास समितिको ३ लाख र स्थानियको ५० लाख भन्दा बढी जन श्रमदान बाट उक्त अस्पताल निर्माण भएको थियो।

विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पतालमा कर्मचारी अभावमा बन्द भएपछि स्थानीयलाई उपचारमा समस्या भएको छ। यस्तै लाखौ मुल्यको संरचना तथा र उपकरणहरु बर्बाद भएका छन्।

अस्पताल बन्द भएपछि छविस पाथिभेरा गाँउपालिकावासीले सामान्य उपचाकार लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ।

-Dineshkhabar

Leave A Reply

Your email address will not be published.