अट्वारी पर्वले भातृत्वको सन्देश दिन सकोस्: मुख्यमन्त्री भट्ट

कैलाली:

Samajik New Add 2082

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अट्वारी पर्वले सामाजिक, सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले पर्वका अवसरमा थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

“थारू समुदायले मनाउने विभिन्न पर्वमध्ये महत्वपूर्ण पर्व अट्वारीलाई आफ्नै मौलिकरूपले मनाउँदै आएका छन्”, मुख्यमन्त्री भट्टले भने, “यस्ता पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने विश्वास लिएको छु।”

साथै उनले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई पर्वलाई खुसीयाली साथ मनाउन आग्रह समेत गरेको विज्ञप्तिमा उल्लेख छ।

 

– दिनेशखबरबाट

Leave A Reply

Your email address will not be published.