स्वर्गीय प्रअ थापाको शोकसभा सहित विव्यस र शिक्षकको तर्फबाट आर्थिक सहयोग

असोज २० अछाम ।

Samajik New Add 2082

मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय ओलिगाउले स्वर्गीय प्रधानाध्यापक बम बहादुर थापाको शोक सभा कार्यक्रम गरेको छ । विद्यालय ब्याबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व जिविस सदस्य पदम बहादुर रावलले शैक्षिक क्षेत्र जहिले पनि पवित्र हुने भएकाले पवित्र राख्न सबै अभिभावक तथा शिक्षकलाई आग्रह गर्नुभयो ।

जुन शैक्षिक संस्थालाई स्वर्गीय थापाले १२ बर्षको यात्रामा स्वच्छ राखेकाले सबैले स्वच्छता राख्नुपर्ने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले संस्थालाई चलायमान सहित स्वच्छ बनाउनका लागि ठुलो योगदान गरेकाले उहाको कामको उच्च मुल्यांकन गर्नु भएको थियो ।

अर्का बिशिस्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष नर बहादुर रावलले विद्यालयको संस्थागत बिकासका लागि अहोरात्र खटिने ब्यक्तिको जहिले पनि सम्मान गरिरहने बताउनु भयो । दुखमा जसले साथ सहयोग गर्याे त्यहि मानव भएकाले सबैले मानवता देखाउनु पर्ने बताउनु भयो । थापाका परिवारलाई जहिले पनि साथ सहयोग रहिरहने बताउनु भयो ।

कार्यक्रममा स्वर्गीय थापाकी धर्मपत्नी पार्वती थापाले जहिले पनि मंगला विद्यालय परिवार प्रति ऋणी भएको भन्दै दुखको घडीमा सहयोगको खाचो रहेकाले आगामी दिनमा खुशिका साथ मंगला विद्यालयका लागि सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा सल्लाहकार समिती संयोजक बहादुर सिंह बिष्ट, शिक्षक अभिभावक संघ अध्यक्ष झुलेन्द्र बहादुर रावल, विद्यालय ब्याबस्थापन समिति पुर्व अध्यक्ष रमेश बहादुर रावल, कालिका आधारभुत विद्यालयका प्रअ ईन्द्र बहादुर रावल, पत्रकार कमल रावल, विद्यालयका प्रधानाध्यापक मीन बहादुर भण्डारी, लेखापाल मधुसुधन शर्मा, विद्यालयका छात्रा सृजना रावल, छात्रको तर्फबाट दिनेश ढुगांनाले शोक मन्तव्य राख्दै राम्रा कामको अनुशरण गर्दै अघि बढनु पर्ने बताउनु भयो ।

सोही अवसरमा स्वर्गीय थापाकी धर्मपत्नीलाई विद्यालयका शिक्षकको तर्फबाट १ लाख र ब्याबस्थापन समितिको तर्फबाट ५० हजार ५ सय गरि १ लाख ५० हजार ५ सय आर्थिक सहयोग समेत गरिएको थियो । सबै अभिभावक, शिक्षक र विद्यार्थीले थापाको फोटोमा माल्यार्पण र टीका ग्रहण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका कार्यक्रमको संन्चालन शिक्षक धर्म बहादुर रावलले गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.