कविता: “म छक्क छुं”

यो जोड घटाउको खेलमा
तानातान चलिरहन्छ ।
नयाँ समिकरण बनिरहन्छ ।
कहाँ जाने के गर्ने
बाटो भुलेका झोला बोक्ने द्वार पालहरु बाट
यहाँ विचार मानिदैन
सिद्धान्त जानिदैन
मानिन्छ केबल स्वार्थ
यो स्वार्थ को भेलमा
को कति पर्छ
कसैको हिसाव राखिदैन ।
रङ्गीन देखाएर
सत्य साधामा विलाएकाहरु
आँखामा छारो हालेर
उपेक्षा गर्ने झुण्डहरु
बटारिने र बटार्ने खेलमा
पूर्ण उतिर्ण छन् ।

बजाउँदा नबज्ने बाजालाई
फुटाउने निल्ने प्रवृत्ति प्रस्टै देखिन्छ ।
अनुकुल वातावरण नहुँदा
हावामा मिसावाट गरि प्रदुषित गरिन्छ ।
चुम्बकका दुई ध्रुव
प्रकृतिको नियमनै मिचेर
एकै पाटामा बसेको देखिन्छ ।
यो के हो भनेर सोध्दा
अरे भाई यो राजनिति हो भनिन्छ ।
यो कानले सुन्दा
हाँसो पानि खित्का छोडेर हाँस्छ ।
मञ्चमा नौटङ्की गर्न आएका जोकरहरुका
पर्धा पछाडीको रुप देखेर ।

म छक्क छु
म छक्क छु
हामी माझ बाट गएका
हाम्रो अनुहार भएका
हामी जस्तै देखिने
भेडाहरुको हिँड्ने चाल देखेर ।
उनिहरूलाई साथ दिने बेतालेको ताल देखेर ।
न हाम्रो आशा सँग मिल्छ
न भरोसा सँग
टेबल पारी उ र टेबल वारि जनता
टेबल मुनिबाट सबै मिल्छ ।
कस्तो संस्कार बसाए खै
कस्तो
जस्ले झुट, असत्य र छल्न जान्दैन
उ सोझो रे
ढाट्न जान्दछ छल्न सिपालु छ
उ बाठो रे ।
म छक्क छु
छक्क ।
सोझालाई सोझाउने बाठाहरु
आउँछन कहीले शिक्षा लिएर
कहिले बयालपाटा अस्पताल लिएर
त कहिले सडकको नाम लिएर
चुनाबको महोत्सव लागेको बेला
खोक्रो भाषण दिएर
युवाहरु खोई किन तपाईको बयान गर्छन
कि त उ पनि नेता कै मान्छे हुनुपर्छ
तपाई संग धन छ सम्पति छ के कमि छ र
बिदेश जानुहोस चेकजाच गर्नु होस
मरे जनताकै छोरा मर्छन ।
✍️ सुदिप

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.