यू-१९ विश्वकपमा पाकिस्तानसँग नेपाल पराजित

आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाललाई पाकिस्तानले ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७-३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे। तर दुवैलाई नेपालका आकास चन्दले २२ ओभरमा तीन बलको अन्तरमा आउट गरेका थिए । त्यसपछि अराफत मिनहासलाई फेरि आकासले नै ८ रनमा आउट गरे। कप्तान शाद बाइग शून्यमा आउट भए । उनलाई नेपालका आकास त्रिपाठीले आउट गरे । अमहद हसन २९ रनमा दिपेश कँडेको बलमा विकेटकिपर विपिन रावलबाट समातिए । तर अजन अवाइस र हरुन अर्शदले नटआउट ३३ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित दिलाए । अजनले नटआउट ६३ रन र हरुनले नटआउट १५ रन जोडेपछि पाकिस्तानले जित निकाल्यो ।

Everest Incitute

बलिङमा नेपालका आकास चन्दले ३ विकेट लिए । उनले ९ ओभरमा ३४ रन खर्चिए। दिपेश कँडेल र आकास त्रिपाठीले १-१ विकेट लिन सफल भए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुनुअघि १९७ रन जोड्यो । नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । लगातार विकेट गुमाएको नेपालको सुरुवात राम्रो हुन सकेन । ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए । अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए ।

अर्जुन आउट भएको दुई ओभरपछि आकास त्रिपाठी पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए। कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए । उनले ओपनिङ ब्याटर विपिनसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । उत्तम मगरले पनि ४ रनभन्दा बढी जोड्न सकेनन् । ओपनिङ ब्याटर विपिन पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका थिए ।

गुलसन झा आज पनि चल्न सकेनन् । झाले १८ रन मात्र बनाउन सके । यस्तै दिपेश कँडेल १३ रन र दीपक डुम्रे २६ रनमा आउट भए। अन्तिम एक बल बाँकी छदा आउट भएका सुवास भण्डारीले २४ बलमा २० रन जोडे। आकास चन्दले ११ बलमा नटआउट १६ रन जोडे । बलिङमा पाकिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २-२ विकेट लिन सफल भए ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो भने पाकिस्तानको दोस्रो जित हो। पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो । पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । अब नेपालले शुक्रबार समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । सो खेलमा जित निकाले नेपाल सुपर ६ मा पुग्नेछ । सुपर ६ मा ए र बी गरी १२ टिमले छुट्टा छुट्टै समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.