कालिका मावि जुपुका शिक्षक थापाको बिदाई गरियो

कालिका माध्यमिक विद्यालय मंगलसेन नगरपालिका ११ जुपु बलडाडामा कार्यरत शिक्षक डम्मर थापा (डेबिट) को बिदाई गरिएको छ । माबि नेपाली बिषय राहत पदमा विगत १५ बर्षदेखि कार्यरत थापाले स्वेच्छिक अवकास लिएपछि विद्यालयले बिदाई गरेको हो ।

Samajik New Add 2082

विद्यालयको शैक्षिक गुणस्तर प्रति सधै चिन्ता गर्ने शिक्षको बिदाइले दुख तुल्याएको बताउदै सधै अभाव खट्किरहने विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले बताउनु भयो । आफ्नो कामप्रति सधै कर्तव्य निष्ठ, ईमानदार भएर काम गर्ने शिक्षक भएकाले आगामि दिनमा राम्रा कामको अनुसरण विद्यालयले गर्दै जाने शाहले बताए ।

१५ बर्ष अघि कैलालीबाट अछाम आएर कालिकामा आई नगर भित्रै छुट्टै पहिचान बनाउन शिक्षक थापा सफल भएकाले आगामी दिनका लागि प्रगतिको शुभकामना विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलन कुमार रावलले व्यक्त गर्नु भयो ।

शिक्षक थापालाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलन कुमार रावल, प्रधानाध्यापक कर्ण बहादुर रावल, सहायक प्रधानाध्यापक प्रेम बहादुर रावल लगाएत सम्पूर्ण शिक्षक, विद्यार्थीले माला, अबिर र मायाको चिनो सहित बिदाई गरेका शिक्षक रबिन्द्र बिष्टले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.