विद्यालय कर्मचारीसँग भएको सहमती सरकारले कार्यान्वयन गर्नैपर्छः महासचिव योगी

नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय महासचिव शान्ती नाथ योगीले आन्दोलन पछी विद्यालय कर्मचारीसँग भएको सहमती सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । हरेक समय भएका आन्दोलनको उपलब्धी शिक्षा विद्येयक भएकाले कर्मचारीको सेवा सुविधा सहितको विद्येयक संसदबाट पारित हुनुपर्ने बताउनु भयो ।

Samajik New Add 2082

नेपाल विद्यालय कर्मचारी परिषद अछामको मंगलसेनमा भएको दोस्रो जिल्ला परिषदमा प्रमुख अतिथीको आशनबाट बोल्दै महासचिव योगीले आन्दोलन पछीको सहमतीमा भएका बुदाहरु अक्षरस कार्यान्वयन नभए पुनह अर्को आन्दोलन सिर्जना हुने बताउनु भयो । विद्यालय कर्मचारीका हरेक सदस्य सांगठनीक गतिविधीमा लाग्न आग्रह गर्दै संसदमा विचाराधिन अबस्थामा रहेको शिक्षा विद्येयक पारित नहुदासम्म धैर्य हुन आग्रह गर्नु भयो ।

विद्यालय कर्मचारीलाई तत्काल १५ हजार र २० हजार ५०० उपलब्ध नगराउने स्थानिय सरकारलाई तत्काल उपलब्ध गराउन आग्रह गर्दै त्यो पुर्ण कार्यान्वयन स्थानिय तहमा भावि दिनमा हुन सक्ने घटना प्रति सजग हुन आग्रह गर्नु भयो ।

 कार्यक्रमका बिशिष्ट अतिथी नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रिय सदस्य तथा सुदुरपश्चीम प्रदेश समिति सचिव नर बहादुर कार्कीले हरेकका लागि संगठन पहिलो प्राथमिकता भएकाले संगठनलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष जिल्ला अध्यक्ष टेक बहादुर बोहराले अछाममा परिषद स्थापना भएदेखी हालसम्मको उपलब्धी सहितको सांगठनीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै समितमा जिल्ला र पालिका स्तरको समितिमा बसेका सबैको भुमिका रहने भएकाले सक्रिय हुन आग्रह गर्नु भयो ।

१० वटै पालिकाको प्रतिवेदन प्रस्तुत गर्दै पालिका पदाधिकारी तथा सदस्यले अझै पनी नियम अनुसार पाउनुपर्ने आफ्नो सेवा सुविधा समेत स्थानिय सरकारले बेवास्ता गर्दै आएको गुनासो गरेका थिए ।

जिल्ला उपाध्यक्ष पुष्प बहादुर महरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पंचदेवल विनायक नगरपालिका समिति अध्यक्ष राजेन्द्र भण्डारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.