पिसविनले संचालन गरेका गतिविधि प्रभावकारी

Purnima Mobile
Kirci Gyan Kendra

पिसविन नेपालले मंगलसेन नगरपालिकामा संचालन गरेका गतिविधि प्रभावकारी भएको एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । स्थानीय सरकार संग समन्वय गर्दै पिसविनले सामाज रुपान्तरणका क्षेत्रमा सकारात्मक काम गरेको भन्दै संस्थाले संचालन गरेका कार्यक्रमहरुको प्रशंसा गरेका हुन ।

Samajik New Add 2082

पिसविनले नगरपालिकाको वडा न ८ मा संचालन गरेको जोडी सम्वाद कार्यक्रमको अनुगमन पश्चात भएको दोहोरो अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले यो कार्यक्रमले समाजमा निकै राम्रो प्रभाव पारेको बताएका थिए ।

Mellekh RM1

वडाका नव बिवाहित जोडीको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ, दम्पती विच देखिएका मतभेदहरु कसरी अन्त्य गर्ने, घरपरिवारमा देखिने स साना मनमुटावहरु कसरी समाधान गर्ने र सुखी, समृद्धि परिवार बनाउने उदेश्यले संचालन गरिएको यो जोडी सम्वाद कार्यक्रमले समाजमा नै मेलमिलापको वातावरण सृजना गरेको कार्यक्रममा सहभागि दम्पतीहरुले बताएका छन ।

अन्तरक्रियन कार्यक्रममा बोल्दै स्थानीय भक्त बहादुर बोहोराले यो कार्यक्रम आफ्नो परिवारका लागि कोसे ढुंगा सावित भएको बताउनुभयो । पहिला आफु र श्रीमती दुबैजना रक्सी खाएर घरमा झै झगडा गथ्र्यो यो जोडी सम्वाद कार्यक्रम संचालन भएपछि अहिले दुबैजनाले रक्सी खान छोडेर आफ्नो घरमा मिलेर बस्ने गरेको बताउनुभयो ।

आफुहरुका कारणले घरमा छोराछोरीहरु माथि पनि हिंसा हुन्थयो अहिले रक्सी खान छोड्दा घर परिवारमा खुसी छाएको बोहोराको भनाई छ । कार्यक्रममा सहभागि अरु जोडीहरुले पनि यो कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ । यो कार्यक्रम संचालन भएपछि समुदाय स्तरमा महिला माथि हुने विभिन्न किसीमका हिंसामा न्युनिकरण भईरहेको अधिकांश सरोकारवालाको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्ने जोडीले पहिला श्रीमान श्रीमती बिचको सम्बन्ध यसले पार्ने प्रभावको विषयमा राम्रो संग जानकारी हुदा धेरै कुरामा सहज भएको बताएका थिए । यो कार्यक्रमले एक घर परिवार कसरी संचालन गर्ने, श्रीमान श्रीमतीले एक अर्का प्रति गर्ने शंकाको विषयमा समेत छलफल गर्ने वातावरण कसरी मिलाउने लगायतका विषयमा राम्रै संग जानकारी पाएको बताएका छन । बाल बिवाह, शक्तिका प्रकार, आय आर्जनका क्रियाकलापका बारेमा समेत जानकारी पाएको दम्पतीहरुको भनाई छ ।

वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरोको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले कतिपय नगरपालिकाले गर्न नसकेको कामहरु गैरसरकारी संस्थाहरुले गरेको भन्दै यो उदारणीय कार्यका लागि पिसविन नेपाललाई धन्यवाद दिनुभएको छ ।

Saud Agro Kailash

अहिले पनि हाम्रो समाजमा मदिरा सेवनगरि हो हल्ला गर्ने र श्रीमतीलाई पिट्ने गलत क्रियाकलपाहरु भईरहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । श्रीमती र केटाकेटीलाई पिटेर बहादुरी देखाउनेहरु समाजका लागि कुनैपनी योगदान नदिने उहाका भनाई छ । घर परिवारका श्रीमती पिट्नु भन्दा पनि मेलमिलापको वातारण सृजना गरि प्रेमले सबैको मनतजित्न सुझाव दिनुभएको छ ।

छोरीहरु आमाको गर्भमै भएदेखि हिंसामा पर्ने भएकाले छोरी बुहारीहरुलाई हिंसा नभई उचित किसीमको सम्मान दिन आवश्यक रहेको बताउनुभयो । राम्रो असल पढे लेखेकी बुहरी सबैलाई चाहिने तर छोरी कसैलाई पनि नचाहिने गलत सोच हाबी भएकाले यस्ता गलत परम्पराको अन्त्य गर्न आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई छ । आज समाजमा सकारात्मक भन्दा पनि नकारात्मक गतिविधिले स्थान पाउन थालेकोमा चिन्ता ब्यक्त गर्दै यस्ता गतिविधिले समजालाई सकारात्मक भन्दा पनि नकारात्मक बाटो तर्फ अघि बढाई रहेको बताउनुभयो ।

हामी सबैका लागि यस्ता कुरिति कु संस्कारका विषयमा अब बहस र छलफल गर्न आवश्यक भएकाले हरेक नागरिकले आफ्नो प्रमुख जिम्मेवारी केहो भन्ने कुरा राम्रो संग बुझ्न आवश्यक रहेको बताउनुभयो । यो कार्यक्रम पिसविन नेपालले संचालन गरेर निकै राम्रो काम गरेको हुदा यसलाई अब स्थानीय सरकारले अपनत्व लिने गरि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

यस्ता कार्यक्रमहरुले समुदायमा धेरै ठुलो प्रभाव पार्ने भएकाले सरकारको लगानी गरेर भएपनी निरन्तरता दिने विषयमा छलफल गर्ने प्रतिबद्धता दोहो¥याउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले जोडी सम्वाद कार्यक्रम अहिलेको आवश्यक्ता भएकाले यो कार्यक्रमलाई अब स्थानीय सरकारले निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।

समाजमा अहिले पनि महिला दिदि बहिनीहरुमा माथि विभिन्न तरिकाले हिंसा भईरहेकाले यस्ता कार्यक्रम बाट उनीहरु माथि भईरहेको हिंसा अन्त्य हुने विश्वाश ब्यक्त गर्नुभएको छ । कार्यक्रमको अनुगमन पछि मंगलसेनमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्ज महतले यो कार्यक्रमले समुदायमा राम्रो प्रभाव पारेको पाईएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

आगामी दिनमा नगरका विकट वडाहरुमा यो कार्यक्रमलाई लैजान आवश्यक रहेको शाखा प्रमुख महतको भनाई छ । वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले आफ्नो वडाका विभिन्न विद्यालयमा संचालन भएको रुपान्तरण कक्षाले विद्यार्थिहरुमा निकै राम्रो प्रभाव पारेको बताउनुभयो ।

रुपान्तरण कक्षा कार्यक्रम संचालन भएपछि विद्यार्थिहरुको नेतृत्व ब्यक्तित्वमा विकास हुनुका साथै समाजमा समेत राम्रो प्रभाव परेको अध्यक्ष बोगटीले बताउनुभयो । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोस्रो चरण अन्र्तगत युएन एफपिएको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा आईपास नेपालका जिल्ला संयोजक रमेश थापा, पिसविन नेपालका कार्य समिती सचिव देवानन्द खतिवडा, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायत जिल्लाका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको उदेश्यका बारेमा पिसविन नेपालका कार्यक्रम संयोजक गोकुल खड्काले गर्नुभएको थियो ।

 

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.