
अछाम जिल्लामा द्धन्द पिडित महिलाहरुको जिल्ला स्तरिय संजाल गठन गरिएको छ । मंगलसेनमा एक कार्यक्रमको आयोजना गरि नृमला साउदको अध्यक्षतामा १९ सदस्यीय संजाल गठन गरिएको हो ।

संजालको उपाध्यक्षमा गंगा बिसी लगायतका पदाधिकारीहरु रहेका छन । द्धन्द पिडित महिलाहरुलाई एकिकृत गर्दै उनीहरुले भोगी रहेका समस्यालाई समाधान गर्ने र राजनितिक, आर्थिक रुपले मजबुत बनाउने उदेश्यले संजाल गठन गरिएको संजालका अध्यक्ष साउदले बताउनुभयो ।

रेडियो गाउँघर संग कुराकानी गर्दै संजालका सुदुरपश्यिम प्रदेशका संयोजक मोतिकला चलाउनेले जिल्ला स्तरिय संजाल गठन गरिसेकेपछि अब पालिका स्तरमा पनि संजाल गठन गरिने जानकाी दिनुभएको छ । पालिका स्तरका द्धन्द पिडित महिलारुको भेला गरि पालिका स्तरमा पनि संजाल गठन गरि ९१ वटै वडाका महिलाहरुको संजालमा सहभागिता बढाउने प्रदेश अध्यक्ष चलाउनेको भनाई छ ।

द्धन्द कालको समयमा सरकार र विद्रोही पक्ष बाट प्रभावित ब्यक्तिहरुको हक हितका क्षेत्रमा कामगर्ने उदेश्यले संजाल गठन गरिएको हुदा जिल्ला तथा पालिका स्तरका संजालहरुलाई सोही ढंगले परिचालन गर्ने प्रदेश अध्यक्ष चलाउनेको भनाई छ ।
अहिले पनि द्धन्द पिडित महिलाहरु विभिन्न किसीमको अभाव झेली रहेकाले त्यस्ता महिलाहरुको पहिचान गरि उनीहरुको योग्यता र क्षमताले भ्याए सम्मको सिप सिकाउन र रोजगारीका लागि पनि आवाज उठाउने काम संजालले गर्ने बताउनुभयो । अब जिल्लामा यसका गतिविधिलाई तिब्रता दिएर द्धन्द पिडितहरुका समस्या उजागरि गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले द्धन्द पिडित महिलाहरुकोे संजाल विस्तार हुनु यो आफैमा राम्रो काम भएकाले यसलाई सु व्यवस्थित ढंगले संचालन गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लाका १० पालिकामा रहेका महिलाहरुलाई यो संजालमा समेट्न सुझाव दिदै समन्वय प्रमुख कुवँरले संजालले परिणमा देखिने गरि कामगर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथिको आशन बाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले द्धोन्द कालको समयमा राज्य पक्ष र विद्रोही पक्षबाट थुप्रै ब्यक्तिहरुले मानसिक तथा शारिरिक हिंसा खेप्नु परेको बताउनुभयो । अछाम जिल्ला सबैभन्दा बढि क्षति ब्यहोर्ने जिल्लाको रुपमा रहेको भन्दै नगर प्रमुख बोहराले त्यही बेलाको पिडाले अहिले धेरै महिलाहरु मानसिक तथा शारिरिक समस्यामा रहेको बताउनुभयो ।
अहिले त्यति बेलाको विद्रोही पक्ष पटक पटक सरकारमा गएपनी द्धन्द पिडित नागरिकहरुको समस्या समाधान गर्न नसकेको नगर प्रमुख बोहरोको भनाई छ ।
कार्यक्रममा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर बोगटीलाई अछाम जिल्लामा पनि संजाल गठन भएकोमा खुसी ब्यक्त गर्दै यो संजालले जिल्लामा रचनात्मक गतिसवधि अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो ।
राम्रो गर्ने संघ संस्थालाई आफ्नो क्षेत्र बाट पनी साथ र सहयोग रहने प्रतिबद्धता जनाउदै उहाले चाडै पालिका स्तरमा पनि कार्यक्रम संचालन गर्न सुझाव दिनुभएको छ ।
