वाक नेपालले गरेको काम सवैले सिक्नलायक छनः नगर प्रमुख बोहरा

Purnima Mobile
Kirci Gyan Kendra

वाक नेपाल पावर परियोजना अन्तरगत परियोजना सल्लाहकार समितिको वैठक तथा अर्धवार्षिक समिक्षा कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । परियोजनाले विगत ६ महिनामा गरेका काम कार्यहरुको समिक्षा सहित आईपरेका समस्या र आगामी गतिविधिका बारेमा छलफल गरिएको हो ।

Samajik New Add 2082

नगर उपप्रमखु संगिता कुमारी रावलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले वाक नेपाल पावर परियोजना मार्फत भएका काम राम्रो मात्रै नभएर सिक्न लायक काम भएको बताउनुभयो । वाक नेपालप्रति स्थानीयको समेत आकर्षण भएको बताँउदै उहाँले नैतिकवान र अनुशासित नागरिक उत्पादनमा गैससको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले पावर परियोजनाबाट ६ महिनामा भएका गतिविधिहरु नतिजाउन्मुख रहेको भन्दै वाक नेपालको माग अनुसार नै आर्थिक र नीतिगत साझेदारी गरिरहेको बताउनुभयो । आगामी दिनमा पनि नगरपालिकासंग साझेदारीका लागि तयार रहेको उहाँको भनाई छ । यस्तै कार्यक्रममा सवै वडा अध्यक्षहरुको तर्फबाट मन्तव्य राख्दै वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटीले संस्थाको कामहरु उत्कृष्ट रहेको भन्दै अझैं राम्रो गर्न र कार्यक्षेत्र विस्तार गर्न सुझाव दिनुभयो ।

परियोजनाले ६ महिनामा गरेका गतिविधिहरुको बारेमा परियोजनाका मिल अफिसर नरेन्द्र तिमिल्सिनाले प्रस्तुतिकरण गर्दै आईपरेका चुनौती तथा समस्याहरुका विषयमा छलफल गराँउनुभएको थियो । कार्यक्रममामंगलसेन नगरपालिका वडानम्वर ४ का अध्यक्ष नाम सिंह धामी, ५ का अध्यक्ष झंकर प्रसाद भाट, ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी र ७ का अध्यक्ष राज बहादुर शाही लगायत विषयगत शाखाका प्रमुख तथा वाक नेपालका पदाधिकारी र कर्मचारीको सहभागिता रहेको थियो । वाक नेपालका अध्यक्ष बल बहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन महाँसचिव अप्सरा कुवरले गर्नुभएको थियो ।

यसैविचः यसअघि बुधबार वाक नेपाल पावर परियोजना संचालित वडाहरुमा संचालित गतिविधिहरुको स्थलगत अनुगमन गरिएको थियो । वडानमुवर ६ र ७ मा नगर प्रमुख पदम बहादुर बोहरा नेतृत्वको टोली र वडा नम्वर ३, ४ र ५ मा नगर उपप्रमुख संगिता कुमारी रावल नेतृत्वको अनुगमन टोलिले परियोजनाले गरेका कामकार्यहरुको स्थलगत रुपमा अनुगमन गरिएको वाक नेपालका फिल्ड अधिकृत सुजाता लामाले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.