वाक नेपालको किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाबारे सरोकारवालालाई जानकारी

Purnima Mobile
Kirci Gyan Kendra

असोज २४ अछामः
मंगलसेन नगरपालिकाका विभिन्न विद्यालयमा संन्चालन हुने किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा वाक नेपाल अछामद्धारा संन्चालन हुने ५ बर्षे कार्यक्रमको बारेमा नगरपालिकाका सराेकारवालालाई जानकारी गराईएको हो ।

Samajik New Add 2082

वाक नेपालका अध्यक्ष बल बहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले नगरका ४ विद्यालयमा लागू भएको कार्यक्रम आगामि दिनमा उपलब्धि मुलक हुने बताउनु भयो । किशोर कीशोरीका समस्या सहजिकरणका लागि कार्यक्रम भएकाले यसलाई उपलब्धि मुलक बनाउन सबैले सहजिकरण गर्नु पर्ने बताउनु भयो । सीप, श्रम, उत्पादन शिक्षामा जोडिने भएकाले कार्यक्रमलाई प्रभावकारी बनाउदै जाने बताउनु भयो । सरकारका कार्यक्रममा गैरसरकारी संस्थाको सहयोग जहिले पनि हुने भएकाले प्रभावकारी आगामि दिनमा अन्य वडामा समेत विस्तार गर्दै लैजानुपर्ने बताउनु भयो ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रममा बिशेष गरि परियोजना अवधिमा शोडषा माध्यामिक विद्यालय, राधा माध्यामिक विद्यालय, गंगा माध्यमिक विद्यालय र जाल्पा माध्यामिक विद्यालय मुग्राचौरमा बालबालिकाको गरिबी निवारण, यौन तथा प्रजनन स्वास्थ्य तथा सरसफाईलाई ध्यान दिदै कार्यक्रम संन्चालन गरिने परियोजना संयोजक महादेव ओझाले बताउनु भयो ।

१३ देखि २४ बर्ष उमेर समूह लक्षित रहने गरि अति गरिब तथा विपन्न परिवारका किशोर किशोरी तथा युवाहरु लाई सहयोग रहने ओझाले जानकारी दिनु भयो । वाक नेपालका कार्यक्रम संयोजक चेतराज जोशीले स्वागत सहित कार्यक्रमको बारेमा जानकारी गराउनु भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महत, पत्रकार शिवराज ढुगांना, मंगलसेन नगरपालिका स्तरिय अपाग समिति सचिव रुद्र बहादुर विकले सुझाव सहित मन्तव्य राख्नु भयो ।

कार्यक्रममा मंगलसेन नगरपालिकामा उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र स‍ोडारी, वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामि, ६ का अध्यक्ष जनकराज भण्डारी, ७ मा अध्यक्ष सिद्धराज ढुगांना लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वाक नेपालद्धारा संन्चालित किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाका मंगलसेन नगरपालिका फिल्ड संयोजक रमिता ढुगांनाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.