धनसम्पतीको विषयलाई लिएर कैलालीमा श्रीमान–श्रीमती बिछोडिदै

Kirci Gyan Kendra

धनगढीः जिल्ला अदालत कैलालीमा गत आर्थिक वर्ष कुल २ हजार पाँच सय ८२ मुद्दा दर्ता भए। तीमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका थिए ।

Samajik New Add 2082

आर्थिक वर्ष २०८०/८१ मा ७ सय ६८ मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका हुन्। सम्बन्ध विच्छेदका लागि अदालत पुगेका ५८६ मुद्दाको भने अन्तिम फैसला भइसकेको छ। १८२ मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी नै छ। सम्पती र आर्थिक कारणले सम्बन्ध विच्छेदका अधिकांश मुद्दाहरू पर्ने गरेको पाइएको छ ।

श्रीमतीको अपेक्षा श्रीमानले पूरा गर्न नसक्दा तथा नगर्दा यस्तो अवस्था सिर्जना हुने गरेको जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणि लामिछानेले बताए । उनले भने, ‘सम्बन्ध विच्छेदका कारणहरू धेरै हुन्छन्। एउटा कारण त सम्पती हो। गरिबी जहाँ हुन्छ, जहाँ अभाव हुन्छ, त्यहाँ तनाव हुन्छ। वास्तवमा मान्छेका इच्छा चाहानाहरू धेरै हुन्छन्। समाजले, अहिलेको परिवेशले लगाएको, खाएको देखेपछि अनुकरण गर्ने प्रवृत्ति हामी सबैमा छ ।’

विवाहको समयमा श्रीमतीले श्रीमानबाट ठुलो अपेक्षा गर्ने गरेको पाइन्छ। तर, श्रीमानको आर्थिक कारणले ती अपेक्षाहरू पूरा नहुँदा छोडपत्रसम्मकै अवस्था आउने गरेको छ। श्रीमानले आर्थिक अभावका कारण श्रीमतीले चाहेका अपेक्षाहरू पूरा गर्न नसक्दा सम्बन्ध तोडेर जाने प्रवृत्ति बढेको छ ।

Saud Agro Kailash

उनीहरूले आफ्ना चाहाना पूरा गर्न दोस्रो विवाह तथा फरक बाटो रोज्ने गरेको समेत देखिन्छ। न्यायाधीश लामिछानेले भने, ‘विवाह गरेर गएको घरमा महिलाले एक खालको अपेक्षा राखेको हुन्छ । तर आर्थिक अभावका कारण कतिपय अपेक्षाहरू पूरा हुँदैन। अहिले चाहानाहरू बढी छन् । मान्छेका चाहानाहरू पूरा नहुँदा अर्काेतिर पूरा हुने देखिएपछि सम्बन्ध तोड्ने गरिएको छ ।’

परपुरुषसँग लागेपछि श्रीमानले श्रीमती छोड्दै

श्रीमानले अपेक्षा पूरा गर्न नसक्दा कतिपय महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गरेकोमा पुरुषले भने आफू विदेशमा हुँदा श्रीमती अर्कैसँग लागेको आरोप लगाउँदै सम्बन्ध तोड्ने गरेका छन् । श्रीमान विदेशमा हुँदा परपुरुषसँग सम्बन्धमा रहने र परिवारले थाहा पाए श्रीमानसम्म खबर पुग्ने गरेको अवस्थामा श्रीमान पनि सम्बन्ध विच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ । न्यायाधीश लामिछानेले भने, ‘श्रीमान विदेश हुन्छन् । श्रीमतीहरू घरमा एक्लै हुन्छन् ।

समाजको खराब दृष्टिले पनि महिलाहरू सुरक्षीत हुँदैनन् । महिलालाई सुरक्षीत रहन वातावरणले समेत दिदैन । त्यो परिवेशमा महिला फस्छन् । परिवारमा जानकारी भएपछि सम्बन्ध बिग्रिन्छ ।’ सामाजिक सञ्जालका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दो क्रममा देखिएको छ । श्रीमान र श्रीमतीसँगै भएकाहरू समेत सामाजिक सञ्जाल तथा प्रविधिका कारण बिछोडिनु परेको छ ।

श्रीमान वा श्रीमतीको सामाजिक सञ्जाल तथा फोन मार्फत अर्काेसँग सम्बन्ध हुने र सोही कारण जोडीहरू अलग हुने गरेका घटनाहरू बढ्न थालेका छन् । सामाजिक सञ्जाल मार्फत भावनाहरू एक अर्कासँग साट्ने लगायतका जोडिहरू छुटिने गरेको बताउदै न्यायाधीश लामिछानेले भने, ‘सामाजिक सञ्जालका कारणले, मोबाइल फोनहरूका कारणले मनहरू जोडिन पुग्छ । परिवारले थाहा पाएपछि सम्बन्ध विच्छेद हुने गरेका छन् ।’ श्रीमतीका अपेक्षा, वैदेशिक रोजगार, सामाजिक सञ्जालको दुरुपयोग लगायत कारण कैलालीमा श्रीमान–श्रीमती अलग हुने समस्या पछिल्लो समय बढ्न थालेको छ ।

-Dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.