सत्ता गठबन्धनका नेताहरुबिच एमसिसी र मन्त्रिपरिषद् बिस्तारबारे छलफल

Kirci Gyan Kendra

काठमाण्डौः

Samajik New Add 2082

सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् ।

बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् ।

Saud Agro Kailash

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसेको हो ।

यस्तै लामो समय हुँदा पनि सरकारले पूर्णता नपाउँदा सबैतिरबाट आलोचना हुँदै आएको छ। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् बिस्तार हुन नसकेको हो।

संसदको ठूलो दल नेकपा एमाले फुटेर त्यसका वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि पनि सरकार विस्तार हुन सकेको छैन।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागी थिए ।

-देशसञ्चारबाट

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.