बृहत् याैनिकता शिक्षा जीवन जगतसंग प्रत्येक्ष जाेडिएकाे: नगर प्रमुख बाेहरा

बृहत् याैनिकता शिक्षा प्राविधिक कार्य समूहकाे वैठक मङ्गलसेनमा सम्पन्न

अछाम, ७ मंसिर :

बृहत् याैनिकता शिक्षा प्राविधिक कार्य समूहकाे वैठक मङ्गलसेनमा सम्पन्न भएको छ । UNFPA काे सहयोग तथा मङ्गलसेन नगरपालिकाकाे आयोजनामा कार्यक्रम भएको हाे ।

मङ्गलसेन नगरपालिका वडानम्वर ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक बिर्ख बहादुर बाेगटीकाे अध्यक्षता र नगर प्रमुख पदम बहादुर बाेहराकाे प्रमुख आतिथ्यतामा वैठक भएको थियोे ।

कार्यक्रममा बाेल्दै उहाले बृहत् याैनिकता शिक्षा जीवन जगतसंग प्रत्येक्ष जाेडिएकाे बताउनुभयो । याैनिकता शिक्षा किशोर किशोरी देखि युवा, वयस्क र बृद्द सम्मका लागि आवश्यक रहेको उल्लेख गर्नुभएको । स्वास्थ्य, शिक्षा र महिला बालवालिका शाखा मार्फत याैनिकता शिक्षाका विषयमा थप कार्यक्रम ल्याउन पनि उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रमकाे विशिष्ट अतिथिमा नगर उपप्रमुख संगिता कुमारी रावल रहनुभएकाे थियाे । उहाले विद्यालयहरुमा रहेका किशोर किशोरीमैत्री सूचना केन्द्रकाे प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जाेड दिदै नभएका विद्यालयमा सूचना केन्द्र स्थापना गर्नुपर्नेमा दिनुभयो ।

वैठकमा बृहत् याैनिकता शिक्षाका विवध पक्षका विषयमा छलफल गरिनुका साथै, बृहत् याैनिकता शिक्षा प्राविधिक कार्यसमूहकाे वार्षिक कार्यविवरण (टओआर) अनुमाेदन गरिएको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महत, यु एन एफ पी ए बझाङका प्रमुख गणेश शाही, यु एन एफ पी ए अछामका जिल्ला परामर्शदाता रमेश थापा, प्रशिक्षक खगेन्द्र नाथ बियाेगी, धन बहादुर महरा, नगरपालिका स्वास्थ्य शाखाका अधिकृत चन्द्र प्रसाद ढुंगाना, प्रहरी चाैकी मङ्गलसेनका ईञ्चार्ज गगन बाेगटी, लगायतका अतिथि रहनुभएकाे थियोे ।

समितिका पदाधिकारी, शिक्षक, किशोर किशोरी लगायतको सहभागीता रहेको कार्यक्रमकाे सञ्चालन मङ्गलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.