भाडेगडा खानेपानी तथा सरसफाई योजनाको शिलान्यास, ५९ धारा बन्दै

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका वडा न ५ मा निर्माण गरिने भाडेगडा खानेपानी तथा सरसफाई योजनाको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजनागरि नगर प्रमुख पदम बहादुर बोहराले शिलान्यास गर्नुभएको हो ।

Samajik New Add 2082

वडाकै विकट भाडेगडा टोल दलित बस्ती पनि भएकाले उक्त टोललाई पहिलो प्राथामिकता दिएको नगरपालिकाले जनाएको छ । मंगलसेन नगरपालिका र हेल्भेटासको आर्थिक सहयोग तथा रुडेक नेपालको साझेदारीमा योजना निर्माणको काम अघि बढाईएको हो । योजना निर्माणका लागि ३५ लाख ४८ हजार १ सय ८६ रुपैयाको लगानीमा खानेपानीको योजना निर्माण गरिने वडा अधयक्ष झंकर प्रसाद भाटले बताउनभुयो । भाडेगडा टोलमा रहेका ५९ घर परिवारको लागि योजनाको निर्माण कार्य सुरुभएपछि स्थानीय नागरिकहरु निकै खुुसी भएका छन ।

आफ्नो टोलको बर्षौ देखीको खानेपानीको समस्या समाधान हुने भएपछि त्यहाका नागरिकहरु निकै खुुसी भएका छन । आफ्नो गाउँमा एक घर एक धारा निर्माण हुने भएपछि टोलबासीहरु खुसीले गद गद छन । नगरपालिकाको केन्द्र बाट नजिकैको बस्ती भएपनि बर्षौ देखिकोे आफुहरुको खानेपानीको समस्या समाधान हुनेभएपछी आफ्नो टोलमा सबै महिला दिदि बहीनीहरु खुुसी भएको स्थानीय रमिता बिकले बताउनुभयो ।

Saud Agro Kailash

मंगल खबर संग कुराकानी गर्दै उहाले अब खानेपानी निर्माण हुने भएपछि धेरै कुरामा सहज हुने विश्वाश व्यक्त गर्नुभएको छ । सोही टोलकी ६५ बर्षिय भाना सुनार आफ्नो घरमा पानीको धारा आउने भएपछि अचम्मीत हुनु भएको छ । आफ्नो बाल्यकाल देखीको खानेपानीको समस्या समाधान हुने भएपछि भानालाई यो कुरा सपना जस्तै लागेको छ । भानाले भन्नुभयो यो कुरा मैले कल्पना समेत गरेकी थिएन बुढेसकालमा पनि आफ्नो गाउँको खानेपानीको समस्या समाधान हुने भएपछि भानाले खुसी व्यक्त गर्नुभएको छ । सोही टोलकी लक्ष्मी सुनार पानीकै कारणले आफुहरुको पढाई प्रभावित हुने गरेको भन्दै अब सहज हुने अपेक्षा गर्नुभएको छ । स्कुल जाने समयमा पानीको लागी लाइर्न बस्नु पर्ने बाध्यता थियो अनि साझ स्कुल बाट आएपछि होमर्क गर्न छाडेर पानी लिन जानुपर्ने बाध्यता थियो अब यो समस्या समाधान हुने भएपछि बालबालिका देखी बृद्धबृद्धा सम्म सबै खुसी भएका बताउनुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष झंकर प्रसाद भाटले आफु निर्वाचित भएपछि भाडेगडा टोलको खानेपानीको समस्या समाधान गर्ने छु भनी जनता माझ प्रतिबद्धता जनाएको र सोही अनुरुप यो योजनाको निर्माण कार्य अघि बढाएको बताउनुभयो । भाडेगडा टोलको खानेपानीको समस्या समाधान भएपछि अन्य कार्यलाई पनि अघि बढाउने उहाको भनाई छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले नगरपालिकाका सबै वडाको खानेपानीको समस्या समाधान गर्ने गरि आफ्नो टीम जुटी रहेको बताउनुभयो । आफुले निर्वाचनको बेला चुनावी घोषणा पत्रमा पनि पालिकामा रहेका १४ वटै वडाका जुन जुन टोलमा खानेपानीको समस्या छ त्यी सबै ठाउमा खानेपानीको समस्या समाधान गर्ने भनी जनाएको प्रतिबद्धता अनुसार यी योजनाको निर्माण कार्य अघि बढाईएको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ७ अध्यक्ष राज बहादुर शाही, वडान ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, वडान १३ का अध्यक्ष हिक्मत बहादुर बोगटी लगायतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.