मंगलसेन ३ मा नरमदेश्वर शिवालय क्षेत्र विकास समिति गठनः अध्यक्षमा तेज बहादुर बिष्ट

मंगलसेन नगरपालिका ३ मा नरमदेश्वर शिवालय क्षेत्र विकास समिति गठन गरिएको छ । मंगलसेन नगरपालिका ३ बसपार्क संगै जोडिएको नरबदेश्वर शिवालय (कुटी) को समग्र विकास र संरक्षणका लागि समिति गठन गरिएको हो ।

Samajik New Add 2082

शनिवार सम्पन्न वृहत भेलाले तेज बहादुर बिष्टको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कल्लान सिंह बोगटी, उपाध्यक्षमा पदम सिंह भाट, शारदा शाह, सचिवमा कर्ण बहादुर धामी, सह सचिव महाँसिंह बोगटी, कोषाध्यक्ष मिन बहादुर बिष्ट, सदस्यहरुमा शिव बोगटी, राजेशबाबु बोगटी, गोविन्द बोगटी, तेज बहादुर साउद, जनक खड्का लगायत अन्य सदस्य रहेका छन ।

भेलाबाटै शिव बोगटीको संयोजकत्वमा ९ सदस्यीय बिधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिलाई १५ दिनभित्र विधानको मस्यौदा तयार गरिसक्ने कार्यादेश समेत भेलाले दिईएको छ ।

भेलाबाटै अम्मर सिंह बोगटीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । साथै भेलाले नरमदेश्वर मन्दिर कुटीमा बस्ने महाँराजको खाद्यान्न व्यवस्थापनका लागि सिजन अनुसार हरेक घरधुरीबाट १ पाथी धान र १ पाथी गहुँ शंकलन गर्ने,  नरमदेश्वर धार्मिक वन क्षेत्रभित्र काठ कटान तथा निकासी र ढुंगा गिट्टी निकासी पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

यसैविच सो अवसरमा श्रम अभियान अछामले घोषणा गरेको सहयोग रकम ५ हजार, ठुलाघर महिला तरकारी समूह बिसाकोटबाट ५ हजार २५ र व्यवसायी भ्वान सिंह बोगटीबाट २ हजार ५० गरि १२ हजार ७५ रुपैयाँ नगद सहयोग प्राप्त भएको थियो ।

Leave A Reply

Your email address will not be published.