श्रम अभियान अछामले बसपार्क देखि कुटी सम्म श्रमदानबाट पदमार्ग बनाउने

श्रम अभियान अछामले बसपार्क देखि कुटी शिवालयसम्म श्रमदानबाट पदमार्ग बनाउने भएको छ । श्रम अभियान अछामको शनिबारीय श्रमदान कार्यक्रम अन्तरगत आजबाट सो कार्यको प्रारम्भ गरिएको हो ।

Samajik New Add 2082

सकेको आफै गरौं भन्ने मुल नारा सहित बिगत डेढ वर्षदेखि सार्वजनिक स्थलहरु सरसफाई लगायत सार्वजनिक श्रमदानका कार्यमा सक्रिय रहेको श्रम अभियानले मंगलसेन बसपार्क देखि नरबदेश्वर शिवालय कुटी सम्म आवतजावत सहजताका लागि पदमार्ग निर्माण गर्न लागेको जनाएको छ ।

नरबदेश्वर शिवालय धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र संरक्षणमा सम्त टेवा पुगोस र पर्यटन पर्वर्द्धनमा समेत योगदानका लागि श्रम अभियानले यो कार्य सुरु गरेको अभियानका संयोजक राजेशबाबु बोगटीले बताउनुभयो । अवदेखि फुर्सदको समयमा जुनसुकै दिन र हरेक शनिबार बिहान अनिवार्य रुपमा पदमार्ग निर्माणका लागि श्रम अभियानका सवै अभियन्ताहरु खटिने जनाईएको छ ।

हाललाई श्रमदानबाट कच्ची पदमार्ग निर्माण गरिने र श्रोत जुटेमा थप व्यवस्थित र पक्की संरचनाका लागि समेत पहल गरिने जनाईएको छ ।

सोहि अवसरमा मंगलसेन बसपार्कको नाममा रहेको जमिनको चार किल्ला छुट्याँउने कार्य समेत गरिएको छ । मंगलसेन नगरपालिकाका अमिन कर्ण बहादुर शाहीको उपस्थितिमा सो कार्य गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.