लैङ्गिक हिसा विरुद्धको अभियान अन्तरगत वलिगाउमा सचेतनामुलक कार्यक्रम सम्पन्न

मंसिर १७ अछाम
लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

Samajik New Add 2082

वडा नम्बर ९ का वडा अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि बोहराले हरेक कुरितिको अन्त्य घरबाटै गर्नु पर्ने बताउनु भयो । अहिलेको अबस्थामा अधिकार मागेर नभई खोसेर मात्र अघि बढन सकिने भएकाले हरेक महिलाले निर्णायक तहमा सहभागिता जनाउनु पर्ने बताउनु भयो ।

समय हाम्रो अनुकुल नभई समय अनुकुल हरेक घर, टोल, समाजका नागरिक परिवर्तन भएको हरेक प्रकारका हिसा अन्त्य हुदै जाने नगरप्रमुख प्रमुख बोहराले बताउनु भयो ।

नेपाली काग्रेस वडा नम्बर ९ का सभापति झुलेन्द्र बहादुर रावल, एमाले मंगलसेन नगरकमिटी सदस्य चक्र बहादुर रावल, अन्तरपार्टि महिला संजालका अध्यक्ष मनसरा रावल, वलिगाउ स्वास्थ्य चौकिका प्रमुख भरत राज जोशि, मंगला नेरा माविका लेखापाल कमल रावल, मंगलसेन नगरस्तरिय युवा संजालका उपाध्यक्ष श्याम सुन्दर रावलले शुभकामना मन्तव्य राख्दै समुन्नत समाज निर्माणका लागि हरेक हिंसा अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

सेचतनामुलक कार्यक्रममा सहभागी सम्पूर्ण महिलाले चेतना मुलक देउडागित समेत प्रस्तुत गरेका थिए ।

वडा सदस्य पुष्प बहादुर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव दिल बहादुर बोहराले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.