मालिका सामुदायिक सिकाई केन्द्रले गर्ने साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा

कार्यक्रमको नगर प्रमुख बोहराले उदघाटन गर्ने

मालिका सामुदायिक सिकाई केन्द्रले गर्ने साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । मंसिर २१ र २२ गते हुने कार्यक्रमको तयारी पुरा भएको सिकाई केन्द्रले जनाएको छ ।

Samajik New Add 2082

स्थानीय कला संस्कृतिको संरक्षण शैक्षिक विकास र सामाजिक जागरणका लागि भन्ने मुल नारा सहित लै‌गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेला एवं वार्षिकोत्सव समारोहका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र २१ गते बिहान ११ बजे कार्यक्रम उदघाटन गरिने सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि मञ्च व्यवस्थापन, स्टल निर्माण लगायत अतिथि र साँस्कृतिक झाँकी प्रस्तुतीका सवै कार्यक्रमहरुलाई तयारी अवस्थामा राखिएको जनाईएको छ । साथै सवै सामुदायिक विद्यालयहरुले शैक्षिक स्टलका लागि तयारी गरेका छन भने विद्यालयहरुको तहगत शैक्षिक प्रतिष्प्रधाका कार्यक्रमहरु पनि सम्पन्न भईसकेका छन । कार्यक्रमका अवसरमा साँस्कृतिक कार्यक्रम संगै शैक्षिक प्रतिष्प्रधाका बिजेता विद्यार्थि र विद्यालयलाई पुरस्कार तथा सम्मान गर्ने, शैक्षिक स्टल अवलोकन गर्न सकिने, स्थानीय उत्पादनको बिक्रि तथा पर्दर्शनी, स्वास्थ्य तथा मनोपरामर्श शिविर समेत राखिएको छ ।

कार्यक्रमको उदघाटन मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले गर्ने र नगर उपप्रमुख, अछामका प्रमुख जिल्ला अधिकारी सहित बिशिष्ट व्यक्तिहरुको सहभागिता रहेने छ । यस्तै स्थानीय सिकाई समूहहरुको  चेतनामूलक देउडा, पुतला लगायत चर्चित देउडा कलाकारहरुको टोलिद्धारा देउडाखेल समेत प्रस्तुत गरिने आयोजकको भनाई छ । २ दिने कार्यक्रममा उपस्थित भएर सामाजिक तथा शैक्षिक जागरणको हिस्सेदार बन्न सिकाई केन्द्रले सवैलाई अनुरोध गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.