किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारणसभा अन्तरगत ईकाइ भेला मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औ बार्षिक साधारण सभाको एकाई ७ ज अन्तरगत ईकाइ भेला मंगलसेनमा सम्पन्न भएको छ ।

Samajik New Add 2082

संचालक समिति सदस्य निर बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि र मंगलसेन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष भंकर प्रसाद भाट बिशिस्ट अतिथि रहनु भएको थियो ।

अन्य अतिथिमा अछाम बहुमुखी क्याम्पस प्रमुख डाक्टर ध्रुव कुमार शाही, गैसस महासंघका केन्द्रीय सदस्य टंक प्रसाद ढुंगाना, नेपाल नेत्रज्योती संघ अछाम सभापति शंकर बहादुर रावल, अछाम उधोग बाणीज्य संघ अक्कल सोप, ईलाका प्रहरी कार्यालय मंगलसेन प्रमुख गगन बोगटी, मंगलसेन बजार व्यवस्थापन समिति अध्यक्ष गोबिन्द बहादुर बोगटी, साधारण सदस्य नरेश कुमार शाहिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Saud Agro Kailash

सभाको अवसरमा २०८० सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा र छोरीलाई सम्मान गरिएको थियो । जसमा छात्र तर्क शेयर धनी टंक प्रसाद ढुगानाका छोरा निशान्त ढुगाना र छात्रा तर्फ मान बहादुर बुढाकि छोरी अनिषा बुढालाई प्रमाणपत्र नगदका साथ सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट शेयर सदस्यको पुरुस्कार जमुना खाती, गिता के.सि., मिना कुमारी रावल, लक्षीराम भाट, दीपक बहादुर थापा प्रदान गरिएको थियोे ।

मंगलसेन शाखाका कर्मचारी निर्मला बटालाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सचालन मंगलसेन शाखा प्रमुख रमेश सोडारीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.