कालागाउँमा निशुल्क स्वास्थ्य शिविर: १०३ जनाले लिए सेवा

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिका १४ कालागाउमा निशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ । कालागाउँ स्वास्थ्य चाैकीकाे आयोजनामा शिविर सञ्चालन गरिएको थियोे ।

Samajik New Add 2082

शिविरमा जम्मा १०३ जना बिरामीको उपचार गरिएको छ । जसमा ९६ जनाले ओ पि डि सेवा लिएका छन भने २४ जनाले भिडियो एक्स रे सेवा, १० जनाले ल्याब सेवा, ७ जनाले गर्भवती जाँच सेवा र ८० जनाले VCT सेवा लिएका छ्न ।

Mellekh RM1
Saud Agro Kailash

शिविर सञ्चालनका लागि वडा कार्यालय र मंगलसेन नगरपालिका स्वास्थ्य शाखाले सहयोग तथा समन्वय गरेकाे थियाे भने कालागाउ घर भई जिल्ला अस्पतालमा कार्यरत डाक्टर कृष्ण बहादुर साेडारीले शिबिरकाे सम्पूर्ण सहजिकरण तथा उपचार सेवा दिनुभएको थियो ।

शिविरकाे वडा नम्वर १४ का अध्यक्ष शिव बहादुर साेडारीले एक कार्यक्रमका विच उदघाटन गर्नुभएको थियो । गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिदा स्थानीयबासि निकै खुसि भएका छन । अब देखि हरेक महिनाकाे अन्तिम शुक्रबार कालागाउमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने स्वास्थ्य चौकी इन्चार्ज मान बहादुर सोडारीले बताउनुभयो ।

शिविरमा मंगलसेन नगरपालिका स्वास्थ्य शाखाका सिनियर अनमि निरिक्षक ज्ञानु माझी सहित स्वास्थ्य चाैकी कालागाउका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.