शिक्षक हित तथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको १५ औँ बार्षिक साधारण सम्पन्न

Kirci Gyan Kendra

कमल रावल, मंसिर २९ अछाम:

Samajik New Add 2082

शिक्षक हित तथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड अछामको १५ औँ बार्षिक साधारण मंगलसेनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मदन बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य नर बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि रावलले सहकारी हरेक निति सबैले अवलम्वन गर्नुपर्ने बताउनु भयो । आजको बचत नै भविष्यको लगानी भएकाले यसमा हरेक शिक्षक जोड्निु पर्नेमा जोड् दिनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष तिलक कुवर रहनु भएको थियो । संकटमा सहकारी हुने भएकाले सबैले बचत गर्ने बानीको विकास हुनुपर्ने बिशिष्ट अतिथि कुवरले बताउनु भयो ।

Saud Agro Kailash

उदघाट्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका सुदुरपश्चि प्रदेश कमिटी उपाध्यक्ष मन्जु कुवर, शिक्षक संगठन अछामका अध्यक्ष सर्पराज रिमाल, पत्रकार शिवराज ढुगाना, शेयर सदस्यको तर्फबाट शोडषा देवि माध्यमिक विद्यालय मंगलसेनका प्रधानाध्यापक बृकेश सिह बोगटीले शुभकामना मन्तव्य राखु भएको थियो ।

साधारण सभामा अध्यक्ष मदन बहादुर बोगटीले कार्यक्रममा सहकारी संस्था लिमिटेडको हालसम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्था स्थापन भएदेखी हालसम्म ४ सय ८६ जना शेयर सदस्य रहेका जानकारी दिनु भयो । संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मण प्रसाद रेग्मीले हालसम्म झण्डै सहकारीको ५ करोड ७३ लाख ३१ हजार ९ सय ७१ रुपैयाँ ७९ पैसा बराबरको २०८०÷०८१ को लेखा सुपरिवेक्षण प्रतिवेदन र कोषध्यक्ष धिरेन्द्र बहादुर रावलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बार्षिक साधारण सभाको अवसरमा असल शेयर धनी ६ जना, असल बचकर्ता ६ जना, असल ऋणी ३ जना र असल बाल बचतकर्ता २ जनालाई चिट्टाबाट पुरस्कृत गरिएको थियो ।

संस्थाका उपाध्यक्ष जानकी जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव राज बहादुर बिसीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.