मङ्गलसेन नगरपालिका ९ वलिगाउका महिला स्वंसेविकालाई न्यानाे लुगा बितरण

मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउका महिला स्वास्थ्य स्वयम् सेविकालाई न्यानो लुगा हस्तान्तरण  गरिएको छ । वडा सरकारको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम अन्तरगत ८ जना स्वयम सेविकालाई सल र स्विटर हस्तान्तरण गरिएको हो ।

Samajik New Add 2082

वडा अध्यक्ष पदम बहादुर बोहराको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा निवर्तमान वडा अध्यक्ष झपट बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो  । प्रमुख अतिथि रावलले वडा सरकारले आफ्नो नीति तथा कार्यक्रम अनुरुप महिला, बालबालिका, अपांग, जेष्ठ नागरिक लगाएतका कार्यक्रममा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष बोहराले सामाजिक अभियानका विभिन्न कार्यक्रम निरन्तर जारी राख्ने बताउनु भयो । हरेकले वडाका कार्यक्रमलाई अपनत्व गर्नुपर्नेमा जोड दिदै नियमित सुझाव सल्लाह दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख भरत राज जोशी, वडा सदस्यहरु लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव दिल बहादुर बोहराले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.