मङ्गलसेन नगरपालिका १३ मा वडा स्तरीय रनिङसिल्ड सञ्चालन

मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तिमा वडा स्तरीय रनिङसिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ । वडा कार्यालयकाे आर्थिक सहयोग र श्री यशोधरा माबि बाँडाको आयोजनामा दोस्रो वडा स्तरीय रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको हाे ।

Samajik New Add 2082

यशोधरा माबि बाडाका बिब्यस अध्यक्ष इन्द्र धामिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती वडा नम्वर १३ बस्तिका वडा अध्यक्ष हिक्मत बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष बोगटीले आफ्नो कार्यकालमा सधै यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रमका अन्य अथितिमा नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिति सदस्य टंक थापा, नेकपा एमालेका नगर कमिटी सदस्य तेज बहादुर थापा, नेकपा माओवादी केन्द्रका नगर कमिटी सदस्य हरिश दमाई, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक साउद, शिशु शुधार माबिका प्रधानाध्यापक अर्जुन बहादुर थापा, यशोधरा माबिका प्रधानाध्याक लाल बहादुर धामी, शिशु कल्याण आधारभूत बिद्यालयका प्रधानाध्यापक धर्म नेपाली लगाएतमा रहनु भएको थियो ।

कार्यक्रम तीन दिन सम्म चल्ने छ । बिधालयका शिक्षक एकिन्द्र धामिको स्वागत मनतब्य राख्नु भएको भएको कार्यक्रमको संचालक शिक्षिका चन्द्रीका ढुंगानाले गर्नु भएको धनबिर नेपालीले जानकारी दिनु भयाे ।

Leave A Reply

Your email address will not be published.