२७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस अछाममा पनि मनाईयाे

मङ्गलसेनमा कृतिम घट्ना अभ्यास र चेतनामुलक देउडा प्रतिष्प्रधा गरियो

२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार अछाम जिल्लामा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । जिल्लाका दशवटै स्थानिय तहमा भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

जिल्ला बिपद् व्यवस्थापन समिति, अछामको आयोजनामा मंगलसेनमा भएको कार्यक्रममा भुकम्प सम्बन्धि कृतिम अभ्यास तथा देउडा खेल खेलेर सन्देश मुलक कार्यक्रम गरिएको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका उनुसार जिल्ला प्रशासन कार्यालय, मंगलसेन नगरपालिका, सामाजिक विकास कार्यालय, गोरख बक्स गण र नेपाल प्रहरी सँगको साँझेदारीमा मंगलसेन दरबार परिसरमा कार्यक्रम गरिएको हो । विभिन्न विकास साझेदार संस्थाहरुको सहयोगमा गरिएको उक्त कार्यक्रममा भुकम्प आउँदा अपनाउनु पर्ने सावधानी बारे विभिन्न चेतनामुलक सन्देश दिने खालका गतिविधि प्रदर्शन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार सदरमुकाम सहित अन्य स्थानिय तहहरुमा पनि भूकम्प सुरक्षा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् ।

साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका, ढकारी, तुर्माखाँद, चौरपाटी, मेल्लेख, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिकाले पनि दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरेका हुन् ।

दिवसको अवसरमा चेतना विस्तार गर्नेगरी कतै हाजिरी जवाफ प्रतियोगिता, कतै गोष्ठि तथा छलफल र केहि पालिकाले भुकम्प बाट बच्ने उपायका बारेमा कार्यक्रमहरु गरेका छन ।

Leave A Reply

Your email address will not be published.