मङ्गलसेन नगर स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सम्पन्न

१३ स्वर्णसहित षाेडशा माविको उपाधि माथि कब्जा

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

मङ्गलसेन नगरपालिका स्तरीय अन्तर विद्यालय १५ औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सम्पन्न भएको छ । यहि माघ ३ गतेबाट सञ्चालन भएको प्रतियोगिताकाे मंगलबार समापन गरिएको हाे ।

प्रतियोगितामा साविक बिजेता षाेडशा देवी माविले १३ स्वर्ण, ६ रजत र ४ कास्य गरि जम्मा २३ पदक जित्दै सिल्ड हात पारेकाे छ । प्रतियोगितामा मंगला नेरा माविले ३ स्वर्ण, २ रजत र ४ कास्य पदक सहित जम्मा ९ पदक जित्दै दाेस्राे स्थान हासिल गरेकाे छ भने तेस्रोमा रहेकाे अछाम क्याम्पसले ३ स्वर्ण, १ रजत र २ कास्य गरि ६ पदक जित्न सफल भएको अफिसियल टिमका धन कुमार केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार चाैथाे स्थानमा रहेको गंगा माविले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित जम्मा ९ पदक जितेको छ भने पाँचौ स्थानमा रहेकाे कुन्ति माविकाे पनि २ स्वर्ण र २ कास्य पदक गरि जम्मा ४ पदक रहेको छ ।

Saud Agro Kailash

प्रतियोगितामा १/१ स्वर्ण पदक जितेका राधा मावि, यसाेधरा मावि र जाल्पादेवी माविले क्रमश ५, ४ र ५ पदक सहित छैठौं, साताैं र आठौं स्थान लिएका छन ।

यसैगरी प्रतियोगितामा कालिका मावि, अन्नपूर्ण मावि र पार्वती मावि स्वर्ण बिहिन हुदै ९ औं, दशाैं र एघारौं स्थानमा रहदा उनिहरुले क्रमश ३, ५ र २ वटा पदक जितेका छन । पुछारमा रहेकाे शिशुसुधार माविले भने कुनै पनि पदक जित्न सकेन ।

प्रतियोगिता सम्पन्न पश्चात् भएको समापन समारोह मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षता र संविधानसभा सदस्य भैरे कामीकाे प्रमुख आतिथ्यतामा भएको थियाे । समापन समाराेहमा नगर उपप्रमुख संगिता कुमारी रावल बिशिस्ट अतिथि रहनुभएकाे थियाे भने प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारी सहित वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि लगायत अतिथि रहनुभएकाे थियाे । बिजेता खेलाडी र विद्यालयलाई प्रमुख अतिथि सहित अतिथिहरुले सिल्ड, मेडल र प्रमाणपत्र बितरण गर्नुभएको थियो । समापन कार्यक्रमकाे सञ्चालन नगरपालिका शिक्षा अधिकृत जगत रावलले गर्नुभएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.