कुन्ति माविका खेलाडी विद्यार्थीलाई मालिका सामुदायिक सिकाई केन्द्र द्वारा पुरस्कार सहित सम्मान

सिकाई केन्द्रले रचनात्मक र सामाजिक कार्य मार्फत समुदायको अगुवाइ गरिरहेकाे: शिक्षा अधिकृत रावल

अछाम, ११ माघ:

Samajik New Add 2082

नगर स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा कुन्ति माविबाट पदक बिजेता खेलाडीलाई प्राेत्साहन सहित पुरस्कृत तथा सम्मान गरिएको छ । कुन्ति माविकाे समन्वयमा मालिका सामुदायिक सिकाई केन्द्रले साे कार्यक्रम गरेकाे हाे ।

कुन्ति माविबाट सहभागी भएर १५ औं राष्ट्रपति रनिङसिल्डमा १ हजार ५ सय मिटर दाैडमा स्वर्णपदक बिजेता चेतना साउद, ज्यावलिङ थ्राे मा स्वर्णपदक र सटपुटमा कास्यपदक बिजेता विकास थापा र हाईजम्पमा कास्यपदक बिजेता लक्ष्मी नाथलाई नगद पुरस्कार तथा शैक्षिक सामग्री उपलव्ध गराईएकाे छ । यस्तै प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा सहभागी भएका विद्यालयका सवै २८ जना खेलाडी सहित खेल प्रशिक्षक दल बहादुर थापालाई टीका र दाेसल्ला लगायर सम्मान गरिएको थियाे ।

मालिका सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हाेम बहादुर साउदकाे अध्यक्षतामा भएको खेलाडी प्राेत्साहन तथा सम्मान कार्यक्रममा मङ्गलसेन नगरपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

प्रमुख अतिथिको आशनबाट बाेल्दै रावलले सिकाई केन्द्रले खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम गरेर सकारात्मक सन्देशका साथै खेलाडीकाे हाैसला बढाउने काम गरेकाे बताउनुभयो । खेलकुदले विद्यार्थीकाे प्रतिभा पहिचान संसंगै स्वास्थ्यलाई पनि राम्रो हुने उहाँको भनाइ छ । रावलले आगामी दिनहरुमा पनि शैक्षिक सुधार र अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा ल्याउन विद्यालयलाई शुभकामना दिनुभयो ।

मालिका सामुदायिक सिकाई केन्द्रले बेला – बेलामा शैक्षिक सुधार, कला सस्कृति संरक्षण र उद्यमशिलताका कार्यहरु गरेर आफुलाई नमूनाका रुपमा अगाडि सारेकाे उहाले बताउनुभयो । सिकाई केन्द्रले यस्तै रचनात्मक सामाजिक कार्यक्रम गरेर स्थानीय जनसमुदायको अगुवाइ गरिरहेको बताउदै शिक्षा अधिकृत रावलले अन्यले पनि यसको सिकाे गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा सिकाई केन्द्रकाे वृद्धि विकासका साथै कुन्ति माविको विकास र व्यवस्थापनमा पनि आफ्नाे र शाखाको तर्फबाट सक्दाे सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष चन्द्रकला जैगडी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा कुमारी साउद थापा विशिष्ट अतिथि रहनुभएकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक मदन बहादुर बाेगटीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा मालिका सामुदायिक सिकाई केन्द्रका परिचालक निर्मला पाल थापाले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सञ्चालन कुन्ति माविका शिक्षक पूर्ण बहादुर रानाले गर्नुभएको थियाे ।

केही तस्बिरहरु:

Leave A Reply

Your email address will not be published.