क्यान्सर रोगको पहिचान गर्न मंगलसेनमा निशुल्क स्वास्थ्य शिवरः ३५० जनाको स्वास्थ्य परिक्षण, ४ जनामा क्यान्सर भेटियो

क्यान्सर रोगको पहिचान गर्न आयोजित निशुल्क स्वास्थ्य शिबिर मङ्गलसेनमा सम्पन्न भएको छ । मङ्गलसेन नगरपालिकाको आयोजना र जिल्ला अस्पताल अछाम र शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको प्राविधिक सहयोगमा एकदिने शिविर सम्पन्न भएको हो ।

Samajik New Add 2082

निशुल्क रुपमा क्यान्सर रोगको अवस्थाका बारेमा परिक्षण गर्ने उदेश्यले आयोजित शिविरमा ३५० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै ५५ जनाको भिडियो एक्सरे गर्दा ४ जनामा क्यान्सर भएको पाईएको छ । त्यस्तै १३६ जना महिलाको भि आ ए गर्दा ३ जनामा पोजेटीभ देखिएको छ । पत्ता लागेका क्यान्सर बिरामीलाई शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा सम्पर्क गरि थप परिक्षण तथा उपचारको लागि प्रेषण गरिएको मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले जानकारी गराउनु भयो ।

शिविरको उद्घाटन समारोह मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको थियो । नगर प्रमुख बोहराले मंगलसेन नगरपालिका नागरिकको स्वास्थ्य प्रति सधै सचेत तथा प्रतिबद्द रहेको र आगामि दिनमा पनि नागरिक स्वास्थ्य अवस्था सुधार्न जस्तो सुकै कार्य गर्ने प्रतिबद्दता जनाउनुभएको थियो । यसै क्रममा उहाँले नगरपालिकासंग सहकार्यका गरेकोमा शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बाँके र जिल्ला अस्पताल अछामलाई धन्यवाद दिदै आगामि दिनमा पनि निरन्तर सहकार्यका लागि पनि आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नगर उप प्रमुख संगिता रावल, शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालका निर्देशक प्रकाश प्रसाद साह, अछाम अस्पताल विकास समितिका अध्यक्ष शिव बहादुर बोगटी, स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख दिपेन्द्र जोशी, जिल्ला अस्पताल अछामका मेसु कमलेश यादव, नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, मंगलसेन नगरपालिकाका पुर्व नगर उप प्रमुख सरिता उपाध्याय लगायत शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको बिशेषज्ञ चिकित्सक टोलि नर्स लगायत जिल्ला अस्पतालका चिकित्सक नर्स र स्वास्थ्य कर्मिहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शाखाका सि अ हे ब अधिकृत चन्द्र प्रसाद ढुंगानाले संचालान गर्नु भएको शिविरको समापन कार्यक्रममा शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बाँके लाई नगर प्रमुख पदम बहादुर बोहराले प्रशंसा पत्र समेत हस्तान्तरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.