८४ सम्मै अहिलेको सरकारले निरन्तरता पाउछः एमाले उपाध्यक्ष थापा

Samajik Bal biwaha

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृह तथा रक्षामन्त्री  राम बहादुर थापा बादलले २०८४ सम्मै अहिलेको सरकारले निरन्तरता पाउने बताउनुभएको छ । पार्टी प्रशिक्षणका क्रममा अछाम पुग्नुभएका नेता थापाले मंगलसेनमा पत्रकार महाँसंघ अछामले गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

Mangalsen Mun Anurodh

काँग्रेस एमालेको गठवन्धन विभिन्न तत्व बाट भत्काउने प्रयत्न भईरहेको तर कुनै हालतमा नभत्किने उहाँले बताउनु भयो । २०८४ सालको निर्वाचनमा बहुमत ल्याँउने गरि अभियान सुरु गरेकोले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने क्रममा आफु अछाम पुगेको थापाको भनाई छ ।

नेता थापाले अहिलेको एमाले नयाँ एमाले र नेकपाको निरन्तरता भएको भन्दै त्यही कारणले आफु एमालेमा वसेको जिकिर गर्नुभयो । उपाध्यक्ष थापाले बिहिबार एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण गरेका छन ।

 

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.