गोदावरी ८ मा स्वास्थ्य प्रवर्द्धन सम्वन्धि पैरवी अभियान

स्वास्थ्य प्रवर्द्धनका सवालमा सञ्चार सम्वन्धि एक दिने पैरवी कार्यक्रम शनिबार गोदावरी नगरपालिका ८ कैलालीमा सम्पन्न भएको छ । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कैलालीको आयोजनामा कार्यक्रम भएको हो ।

Samajik New Add 2082

गोदावरी नगरपालिका ८ का वडा अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रीका निजी सचिव रामचन्द्र जोशी, गोदावरी नगर स्वास्थ्य प्रमुख नवराज अवस्थि, वडा सदस्य हरीराम चौधरी, थारु कल्याणकारिणी सभा नगर सचिव फुलराम चौधरी,  प्रदेश युवा परिषद कैलालीका कार्यकारी सदस्य शेर बहादुर बिष्ट, मझगाउँ थारु होमस्टेका अध्यक्ष कल्पना चौधरी, समाजसेवी माधव चौधरी, लागु औषध नियन्त्रणका अभियन्ता समिर शाह लगायतका व्यक्तिहरुले स्वास्थ्य प्रवर्द्धनका सवालमा आफ्नो विचार राखेका थिए । कार्यक्रममा करिब १५० जना बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काले जंक फुड, डिजिटल एडिक्सन, सुर्तिजन्य, मदिराजन्य तथा लागु औषध नियन्त्रण सम्वन्धमा विस्तृत प्रशिक्षण तथा अभिमुखिकरण गराउनुभएको थियो । गाउँ गाउँबाट स्वस्थ जीवनशैली अपनाएर स्वास्थ्य प्रुवर्द्धन सम्वन्धि पैरवी अभियान अगाडी बढाउने कार्यमा सवैको पारस्परिक सहयोग तथा समन्वय हुन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.