छात्राहरु विद्यालयमै बेहोस हुन थालेपछी सरोकारवालाको टोलिद्धारा स्थलगत छलफल

जाल्पादेवी माध्यमिक विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ७  जनालीमा छात्राहरु विगत केहि दिन देखि विद्यालयमा बेहोस हुन थालेका थिए । विद्यालयमा कक्षा २ देखि कक्षा १० सम्म अध्ययन गर्ने करिव २७ जना छात्राहरू बेहोस हुने समाचार विभिन्न संचार माध्यमबाट प्रशारण तथा प्रकाशन भएपछी सरोकारवालाको टोलिले विद्यालयमै गएर छलफल गरेको छ ।

Samajik New Add 2082

छात्राहरुमा अचानक बेहोश हुने, चिच्याउने, रुने, छटपटाउने, एक अर्कालाई चिथोर्ने, कसैलाई टाउको दुख्ने, पेट दुख्ने, शरीर काँप्ने, रिंगटा लागेर ढल्ने जस्ता समस्याहरू देखिएको भनी समाचार सार्वजनिक भएपछी जिल्ला प्रशासन कार्यालय मंगलसेन अछाम र जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामको विशेष पहलमा सरोकारवाला निकायहरूसँग समन्वय टोलिले छलफल गरेको हो ।

हरेक क्षेत्रबाट पुराना परम्परागत रुढिवादी तथा अन्धविश्वासको कारण समस्या दोहोरिएको भन्ने गुनासो आएपछी स्थलगत छलफल गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले बताउनु भयो ।

सरोकारवालाको टोलिले समस्या समाधानका लागि विद्यालयका प्रधानाध्यापक, शिक्षक वर्ग, अभिभावक स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको हो ।

सम्बन्धीत स्थल पुगेर मंगलसेन नगरपालिका उप प्रमुख संगिता रावल सोडारी, प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रमुख अनुसन्धान अधिकृत दिल बहादुर चौधरी, जिल्ला अस्पताल अछामका निमित्त कार्यालय प्रमुख डाक्टर कमलेश यादव,  जिल्ला अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्र मनोसामाजिक परामर्शकर्ता पार्वती बोहरा, पत्रकार मेनुका ढुगाँनाले छलफल गर्नु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.