क्रिकेट प्रतियोगिताको उपाधिको लागि ओलिगाउ र रिडिकोट भिड्ने

कमल रावल, कात्तिक ७ अछामः
ओलिगाउमा जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आयोजक कृष्ण वीर स्मृति युवा क्लब ओलिगाउ र रिडिकोट युवा क्लब रिडिकोट भिडने भएका छन । पहिलो सेमिफाइनल खेलमा मंगलसेन नगरपालिकालाई पराजित गर्दै ओलिगाउ फाईनलमा प्रवेश भएको हो भने आयोजक कृष्ण विर स्मृति युवा क्लब आयोजक बि लाई पराजित गर्दै रिडिकोट फाईनलमा प्रवेश गरेको हो ।

गत बैशाखमा कोरोनाका कारण स्थगित भएको प्रतियोगिता कात्तिक ४ गतेबाट सुरु भएको थियो । ओलिगाउ र रिडिकोट बिचको फाईनल खेल आज बिहान ११ बजे र समापन समेत आज नै हुने भएको छ ।

Janahitkari notice EYE

कृष्ण वीर स्मृति युवा क्लब ओलिगाउको आयोजना र मंगलसेन नगरपालिकाको सहयोग, पुष्प कीराना तथा मासु पसल, मंगलासैनी कीराना तथा मासु पसल, टि आई कोल्ड स्टोर, प्रकाश कीराना तथा मासु पसल, अनुष्का कीराना पसल, मदर ल्यान्ड बोर्डिङ स्कुल ओलिगाउ र रिभर साइड कटेज एंड रेस्टुरेन्ट कैलाशखोला, भुवन स्टेशनरी स्टोर, श्रृष्टी पुस्तक पसल मंगलसेन अछामको प्रायोजनमा भएको हो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.