मंगलसेन नगरपालिकाद्धारा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जित्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान तथा बधाई

Purnima Mobile
Samajik Bal biwaha

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मंगलसेन नगरपालिका प्रथम भएपछी पालिकाले नगद सहित खेलाडी र प्रशिक्षकलाई सम्मान तथा बधाई कार्यक्रम गरेको छ ।

Mangala Bharna

नगरपालिकामा एक समारोहका बिच स्वर्ण ल्याउन सफललाई जनही पाँच हजार, रजत ल्याउन सफललाई जनही तिन हजार, कास्य ल्याउन सफल खेलाडीलाई जनही दुई हजार र प्रशिक्षकलाई जनही दुई हजार गरि खादा माला लगाई खेलाडी र प्रशिक्षकलाई सम्मान तथा बधाई ज्ञापन गरिएको मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले बताउनु भयो ।

Mellekh RM1

सोही अवसरमा नगरपालिकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उचालेपछी प्राप्त सिल्ड र कप नगरप्रमुख पदम बहादुर बोहरालाई पशिक्षक तपेन्द्र स्वार, छत्रकमल रावल, डम्मर भटराई, भानु ढुगांना, नृप केसीले हस्तान्तरण गर्नु भएको थियो ।

Saud Agro Kailash

खेलाडीलाई सम्मान गर्दै नगर प्रमुख पदम बहादुर बोहराले प्रशिक्षक र खेलाडीको अथक प्रयासपछी जित हासिल भएकाले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । आगामि दिनका युवा खेलाडीलाई अझै खेल क्षेत्रमा प्रोत्साहित गर्दै जाने बताउनु भयो ।

नगरपालिका प्रागंणमा भएको खेलाडी र प्रशिक्षकलाई सम्मान तथा बधाई कार्यक्रममा नगर प्रमुख बोहरा सहित उपप्रमुख संगिता रावल सोडारी, निमित्त प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्बर ६ अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी लगाएतका अतिथि रहनु भएको थियो ।

मंगलसेन नगरपालिकाले सात स्वर्ण, छ रजत र तीन कास्य हात पारेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.