राष्ट्रबैंकको गभर्नर बन्न दर्जनको दौड !

Purnima Mobile
Samajik Bal biwaha

नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुने भएपछि उक्त पदीय जिम्मेवारीमा पुग्न र पुर्‍याउन अनौठो प्रतिष्पर्धाको स्थिति उत्पन्न भएको पाइएको छ ।

Mangala Bharna

यही चैत महिनाको २३ गते हालका गभर्नर महाप्रसाद अधिकारीले अवकाश पाउने भएपछि नयाँ गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएको छ । त्यसनिम्ति अर्थमन्त्री बिष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहनुभएको तीन सदस्यीय सिफारिस समिति बनेको छ । समितिले उपयुक्त ठानेका तीन ब्यक्तिहरूको नाम सिफारिस गर्ने र तीनमध्ये एकलाई सरकारले गभर्नर नियुक्त गर्ने विधिगत परम्परा रहिआएको छ। यसपटक गभर्नर बन्न स्वयम् अघि सर्नेहरूबीच भन्दा गभर्नर बनाउनेहरू बीचको प्रतिष्पर्धा रोचक तर कठोर देखिएको छ ।

Mellekh RM1

प्राप्त जानकारीअनुसार गभर्नर पद आफ्नो भागमा पार्न नेकपा एमालेले कुनै कसर बाँकी नराख्ने रणनीति बनाएको छ । काङ्ग्रेसलाई अरू जुनसुकै पदीय जिम्मेवारीको भाग दिएर भएपनि गभर्नर नछोड्ने सोचमा एमाले रहेको छ । उक्त पार्टीले गभर्नरका निम्ति प्राथमिकताका आधारमा केही ब्यक्तिलाई अघिसारेको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले नीलम ढुङ्गानालाई पहिलो प्राथमिकतामा राख्नुभएको बुझिन्छ भने बिष्णु पौडेल डा. प्रकाश श्रेष्ठलाई प्राथमिकता दिने पक्षमा रहनुभएको बताइन्छ। उल्लिखित दुई उम्मेदवारमध्ये डा. श्रेष्ठ अतुलनीयरूपमै योग्य मानिनुहुन्छ । नीलम ढुङ्गानाको नेतृत्वमा राष्ट्र बैंकले पायो भने बैंक वित्त ब्यवस्था मात्र होइन सिङ्गो राष्ट्र बैंकभित्रै अस्तब्यस्त हुने अनुमान नीलमलाई नजिकबाट चिन्नेहरूले गरेका छन् ।

Saud Agro Kailash

गभर्नर बनाउन ख्यातिप्राप्त ब्यबशायी बिनोद चौधरीले पनि आफ्नो तर्फबाट आफ्नै बैक (नबिल)का सीइओ ज्ञानेन्द्र ढुङ्गानालाई अघिसार्नुभएको व्यापक चर्चा छ । जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठहरूका समेत हितैषीका रूपमा चिनिनुहुने ज्ञानेन्द्र ढुङ्गानालाई केही काङ्ग्रेस नेताहरूले पनि बोकेका छन् । ज्ञानेन्द्र र नीलम नातेदार पनि भएको बताइन्छ । उहाँहरूबीच आफू नहुने अवस्थामा एकले अर्कोलाई सहयोग गर्ने सहमति भएको पनि बुझिएको छ ।

त्यस्तै, एमालेकै समर्थन लिएर प्रभु बैंकका सीइओ अशोक शेरचन पनि गभर्नर बन्न अग्रसर भएका छन् । एमालेकै समर्थनमा गभर्नर बन्न बाणिज्य बैंकका पूर्व सीइओ किरण श्रेष्ठ र डिपुटी गभर्नर बमबहादुर मिश्र पनि अगाडि सर्नुभएको छ । मिश्रलाई सभामुख देवराज घिमिरेको सहयोग रहने बुझिएको छ।

यसैबीच, गृहमन्त्री रमेश लेखकले पनि आफ्नो तर्फबाट एउटा उम्मेदवार प्रस्तुत गर्नुभएको छ । सुदूरपश्चिमको हुनुलाई नै मुख्य योग्यता मान्ने एकथरीको भावनात्मक प्रतिनिधित्व गर्दै रमेश लेखकले डा. गुणाकर भट्टको नाम अघि सार्नुभएको छ । काङ्ग्रेस महामन्त्री गगन थापाले चाहिँ बाबुराम भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति पार्टीमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका पूर्वसचिव रामेश्वर खनाललाई बोक्नुभएको छ ।

त्यस्तै, राष्ट्र बैक सञ्चालक समिति सदस्य डा. रविन्द्र प्रसाद पाण्डेको नाम पनि सम्भावित गभर्नरका रूपमा चर्चामा आएको छ । तर, पाण्डेलाई अहिलेसम्म कुनै पार्टी विशेषले बोकेको बुझिएको छैन । त्यसैगरी ब्यापारीहरूको एउटा समूहले सुशील भट्टलाई गभर्नर बनाउन प्रयास गरेको बुझिन्छ ।

यसरी गभर्नरका लागि दर्जन उम्मेदवारको नाम आएपनि बाजी कसले मार्ने हो भन्ने यकीन हुन सकेको छैन, तर यसको अन्तिम जानकारी पाउन अब धेरै दिन प्रतीक्षा गर्नुपर्ने अवस्था भने छैन। -ghatanarabichar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.