आगलागी पिडितहरुको उद्धार तथा राहतका लागि एमाले अछामले १ लाख ११ रकम उपलब्ध गराउने

बान्निगढी जयगढ गाउपालिका जयगढ बजारका आगलागी पिडितहरुको उद्धार तथा राहतका लागि नेकपा एमाले अछामले तत्काल १ लाख ११ हजार रकम आर्थिक उपलव्ध गराउने भएको छ ।

Samajik New Add 2082

हिजो मंगलबार बेलुकी साँझ ७:२० बजेको समयमा बान्निगढी जयगढ गाउँपालिका अन्तरगत जयगढ बजारमा भएको आगलागीबाट ३१ भन्दा बढि घर, पसल तथा टहरा जलेर नस्ट भई करोडौँको क्षति भएको घटनाप्रति दुख व्यक्त गर्दै पार्टीको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग गर्ने घोषणा गरिएको हो ।

आगलागीबाट नागरिक विस्थापित हुने गरि निम्तिएको विपत्तिको घटनाप्रति दुःख व्यक्त गर्दै पिडितहरुको तत्काल व्यवस्थापन, राहत र क्षतिपुर्तिका लागि नेपाल सरकार लगायत सम्वन्धित निकायलाइ हार्दिक अपिल गर्दै पार्टी अध्यक्ष चन्द्र बोहराद्धारा हस्ताक्षरित विज्ञप्तिमा भएको छ ।

तत्काल आवश्यक पुर्व तयारीको अभावका कारण आगलागी लगायतका यस्ता घटनाबाट ठुलो धनजनको क्षति भईरहने हुदाँ यो घटना एवं क्षतिलाइ सिकाईका रुपमा लिदै आगामी दिनमा यस्ता बिपदका घटना दोहोरिन नदिन, आवश्यक सतर्कता अपनाउन र बिपदबारे पुर्व तयारीमा रहन सरकारका नीति तथा कार्यक्रम अघि बढाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराईएको छ ।

यस बिपतको घडिमा पिडितको उद्धार तथा पुनर्स्थापनाका लागि नेकपा एमालेका तर्फबाट साथ सहयोग रहने समेत विज्ञप्तिमा भनिएको छ ।

Leave A Reply

Your email address will not be published.