मङ्गलसेन १ मा वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न: सगरमाथा युवाक्लव ढुंगानी प्रथम

मङ्गलसेन नगरपालिका १ मा नयाँ वर्षको अवसरमा आयोजना गरिएको वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि सगरमाथा युवाक्लव ढुंगानीले जितेको हाे ।

Samajik New Add 2082

प्रथम स्थान हासिल गरेसंगै ढुंगानीले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकोे छ । दाेस्राे स्थान हासिल गरेकाे भट्टेमालिका युवाक्लवले नगद ७ हजार प्राप्त गरेकाे छ । यस्तै हरियाली युवाकल्व खेतगैराले तेस्रो हुँदै नगद ४ हजार र चाैथाे भएको मिस्तुरु युवाक्लवले २ हजार पुरस्कार पाएकाे छ ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी सगरमाथा युवाक्लवका लाल बहादुर थापा र अनुसासित खेलाडी लाेकेन्द्र साउद घाेषित भए ।
वडानम्वर १ काे सहयोग तथा भट्टेमालिका युवाक्लवकाे आयोजनामा भएको भएको प्रतियोगितामा वडानम्वर १ र २ का ७ वटा क्लवहरुकाे सहभागीता रहेकाे थियोे ।

क्लबका अध्यक्ष बिर्ख बहादुर रानाकाे अध्यक्षतामा भएको प्रतियोगिताकाे समापन कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष लोकराज नाथ रहनुभएकाे थियो । कार्यक्रममा अन्य अतिथिमा नेकपा एमालेका भिम राना, नेपाली काङ्ग्रेसका टेकराज नाथ, नेकपा माओवादी केन्द्रका कमल थापा, नेपाल कम्युनिस्ट पार्टी विप्लवका एकेन्द्र नाथ, वडा सदस्य शिद्द  बहादुर थापा, कुन्ति माविका निमित्त प्रधानाध्यापक करन राना, समाजसेवी दिपक थापा लगायत रहनुभएकाे थियोे ।

कार्यक्रमकाे सञ्चालन वडा सचिव शिद्द राज ढुङगानाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.