नन्देश्वरी माविको स्तरोन्नतिका लागि भारतबाट पौने ११ लाख संकलन

Purnima Mobile
Samajik Bal biwaha

मेल्लेख गाउँपालिका वडा नं ६ षोडशास्थित नन्देश्वरी माविको स्तरोन्नतिका लागि भारतबाट पौने ११ लाख रकम दान स्वरुप संकलन भएको छ।

Mangala Bharna

नन्देश्वरी माविको स्तरोन्नतिका लागि बैशाख ३ गतेदेखि जारी सप्ताह ज्ञान महायज्ञमा भारतबाट पौने ११ लाख नगद दानस्वरुप संकलन भएको शिक्षक कल्पित खड्काले जानकारी दिनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

खड्कासहितको विद्यालयको एक टोली दान रकम संकलन गर्न भारत गएको थियो । मेल्लेख गाउँपालिका वडा नं ६ षोडशासहित अन्य गाउँबाट कामको शिलशिलामा भारतमा गएकाहरुले उक्त रकम दान गर्नु भएको हो । भारतमा गएको टोलीमा शिक्षकहरु कल्पित खड्का, टेकबहादुर भट्टराई र समाजसेवी टेक बहादुर रावल सहभागी हुनुहुन्थ्यो ।

महायज्ञको छैटौं दिन आज बिहानसम्म करिव ४० लाख दानस्वरुप रकम संकलन भएको प्रचार समिति संयोजक प्रेम खड्काले जानकारी दिनुभयो । महायज्ञमा सामूहिक पूजा, ब्रतबन्ध, ग्रहदान, ८४ दान जस्ता कार्यक्रम पनि संचालन भइरहेका छन ।

महायज्ञमा भागवत भुुषण पण्डित नारायण प्रसाद तिमिल्सिनाको टोलीले कथा बाचन गरिरहेको छ । महायज्ञ भोलि ९ गते सम्पन्न हुने जनाइएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.