‎साँफेमा बिहानै आगलागी : १० पसल जले, जयगढपछि साँफेमा आगोको कहर

‎अछाम । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विहान करिब ३:३० बजे साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट सुरु भएको आगलागीले क्षणभरमै आसपासका पसलहरूमा डढेलो सरह फैलिँदा ठूलो क्षति भएको हो।

Samajik New Add 2082

‎विद्युत सर्ट भएर सल्किएको आगो होटलबाट सुरु भई छेउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलहरूलाई पूर्ण रूपमा खरानी बनाएको स्थानीय व्यवसायीले जनाएका छन्।

आगलागी पश्चात् स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। तर वारूणयन्त्र (दमकल)को अभावले आगो नियन्त्रणमा ढिलाई भएको बताइएको छ।

हालसम्म घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी आएको छ भने क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

‎यसअघि, चैत्र २६ गते जयगढ बजारमा पनि यस्तै आगलागी भएको थियो। उक्त घटनामा ३५ वटा पसलहरु पूर्ण रुपले ध्वस्त हुदा ८ करोड बढीको क्षति भएको थियो ।

‎करोडौको क्षति र दर्जन बढी नागरिकको उठिबमस हुने गरि जयगढ आगलागी भएको महिना दिन नबित्दै जिल्ला भित्रै अर्को आगलागीको घटना हुदाँ अछामका बासिन्दामा त्रास फैलिएको छ।

‎स्थानीय सरकार लगायत सरोकारवालाले आगामी दिनमा यस्ता घटनासंगै ठूलो क्षति हुन नदिन दमकलको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने आवाज उठ्न थालेको छ । -paschimraibar

Leave A Reply

Your email address will not be published.