सामाजिक कुरिति निवारणका लागि अछामका धार्मीक व्यक्तिहरुसंग अन्तरक्रिया

बालबिवाह, हिंसा, विभेद र सामाजिक कुरिति निवारणका लागि अछामका धार्मीक व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजना र १० वटै पालिकाबाट धार्मीक व्यक्तिहरुको सहभागितामा कार्यक्रम गरिएको हो ।

Samajik New Add 2082

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवर, प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अम्बादत्त जोशी लगायतका अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बालबिवाह न्यूनिकरण, लैङ्गिक हिंसा निवारण, सवै प्रकारका विभेद र सामाजिक कुरिति निवारणका लागि सामाजिक अगुवा तथा धार्मिक व्यक्तिहरुको भूमिकाका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रास मदन बिष्टले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.