बैशाख २५ देखि ३१ सम्म रामाराेशन महाेत्सव हुदै

Kirci Gyan Kendra

अछाम: अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि रामारोशन महोत्सव–२०८२ आयोजना हुने भएको छ। ‎महोत्सव यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा आयोजना हुन लागेको हो ।

Samajik New Add 2082

महोत्सवका लागी रामारोशन गाउँपालिका सहित नेपाल पर्यटन बोर्ड, विभिन्न संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोग रहने आयोजकको भनाइ छ ।‎आयोजक समितिका संयोजक जनक साउँदका अनुसार महोत्सवको मुख्य उद्देश्य रामारोशन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्‍याउनु हो।

‎“रामारोशन महोत्सवले प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो क्षेत्रलाई देश–विदेशसम्म चिनाउन मद्दत गर्नेछ,” संयोजक साउँदले भने। उनका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कला तथा संस्कृति प्रदर्शनी, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी, र पर्यटकीय पदयात्रा जस्ता कार्यक्रमहरू समावेश गरिनेछ।

Saud Agro Kailash

स्थानीय उत्पादनको बजार प्रवर्द्धन तथा युवा पुस्तामा पर्यटनप्रति आकर्षण बढाउन समेत महोत्सवले विशेष योगदान पुर्‍याउने विश्वास गरिएको छ।

‎यस्तै, महोत्सवबाट संकलित रकम हालै जयगढ र साँफेबगर क्षेत्रमा भएको विनाशकारी आगलागीबाट प्रभावित पीडितहरूको पुनर्स्थापना र सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ। “महोत्सवले पर्यटन प्रवर्द्धनसँगै मानविय सेवाको भावनालाई पनि समेट्नेछ,” संयोजक साउँदले स्पष्ट पारे।

रामारोशन क्षेत्र हिमाल, ताल, वनजङ्गल र हरियाली भू–भागले सुशोभित अनुपम प्राकृतिक सम्पदाको उपहार मानिन्छ। त्यहाँ रहेका १२ वटा सुन्दर ताल र १८ वटा विभिन्न मैदानले पर्यटकहरूलाई लोभ्याउने गर्दछन्। पछिल्लो समय रामारोशन पर्यटकीय केन्द्रको रूपमा विकास हुँदै गइरहेका बेला आयोजना हुन लागेको यो महोत्सवलाई स्थानीयवासी, सरोकारवाला निकाय तथा पर्यटन व्यवसायीहरूले निकै उत्साहका साथ स्वागत गरेका छन्।

‎महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति, परम्परागत झाँकी प्रदर्शन, रमाइला प्रतियोगिताहरू र स्वादिलो स्थानीय परिकारहरूको विशेष स्टलहरू पनि रहने आयोजकले जानकारी दिएको छ। साथै, महोत्सव अवधिमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि विशेष तयारी गरिएको र सुरक्षाको प्रबन्ध पनि मिलाइएको बताइएको छ।

‎आयोजकले सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महोत्सवमा सहभागी भई अछामको सुन्दरता र संस्कृति अनुभव गर्न आग्रह गरेका छन्।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.