मङ्गलसेन नगरपालिका ३ कुटीमा शिवपुराण महायज्ञ लाग्नेः सम्पूर्ण तयारी पुरा

मंगलसेन नगरपालिका वडा न ३ मा रहेको धार्मिक परर्यटकीय क्षेत्र कुटीमा शिवपुराण महायज्ञ लाग्ने भएको छ  । नर्मदेश्वर शिवालय क्षेत्र विकास समिति मंगलसेन ३ को आयोजनामा महायज्ञको आयोजना गरिएको हो ।

Samajik New Add 2082

धार्मिक तथा पर्यटकीय क्षेत्र कुटीको प्रचार प्रसार गर्ने, हवन कुण्ड, नन्दी भैरव गन्दिर, यज्ञशाला निर्माण गर्ने, करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक धरोहरको रुपमा स्थापित गर्ने, यहाँका नागरिकलाई धार्मिक ज्ञान प्रदान गर्ने र शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने लगायतका उदेश्य राखी शिवपुराण महयज्ञको आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञको सबै तयारी पुरा भईसकेको मुल आयोजक समितिका आर्थिक संयोजक बृकेश सिंह बोगटीले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । सो अवसरमा आर्थिक समिति संयोजक बोगटीले महायज्ञमा करिब १२ लाख जती खर्च हुने र २० लाख आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो  ।  महायज्ञबाट संकलित रकम यस क्षेत्रको विकासमा खर्च गरिने र विशेष गरि जेष्ठ नागरिकहरुको मिलन केन्द्रको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको जानकारी गराउनुभएको थियो ।

यो क्षेत्र धार्मीक पर्यटनका हिसाबले पनि ठुलो सम्भावना बोकेको स्थल भएकाले राम्रो कामको सुरुवात गरेको खण्डमा अन्य निकाय बाट पनी विकासका लागि स्रोत आउन सक्ने बताउनुभयो ।  सोही अवसरमा बोल्दै महात्मा धर्मानन्द उपाध्या (गिरी) ले यो क्षेत्र धेरै हिसाबले सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकास भएको खण्डमा यहाका धेरै नागरिकहरु रोजगार संग जोडीने विश्वाश व्यक्त गर्नुभएको छ । अहिले मान्छेहरु धार्मिक ज्ञानको अभावमा धेरै कु कर्म गरिरहेकाले उनीहरुलाई धार्मिक ज्ञान प्रदान गरि सुखी र शान्त समाज बनाउने उदेश्य रहेको बताउनुभयो ।

आज मान्छे धार्मिक ज्ञानको अभावले लोभी, पापी बन्दै गएको भन्दै सामाजिक विकृति विसंगति अन्त्य गर्न महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बैशाख १९ देखि २९ गते सम्म संचालन हुने महायज्ञको शुक्रबार दिउसो १ बजे कलस यात्रा निकालीने र ३ बजे मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शिवपुराण महायज्ञमा प्रमुख वाचक पण्डित मदनराज उपाध्यायले कथा वाचन गर्ने मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामीले जानकारी दिनुभएको छ । मुल आयोजक समितिका संयोजक तेज बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा बजार विकास समितिका अध्यक्ष गोपाल बोगटी, महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष मिन बहादुर बिष्ट, सदस्य एकेन्द्र बहादुर बोगटी, राजेश बोगटी लगायतको सहभागिता रहेको थियो  ।

Leave A Reply

Your email address will not be published.