
नर्मदेश्वर शिवालय क्षेत्र मंगलसेन ३ कुटीमा सञ्चालित शिव महापुराण महायज्ञको दोस्रो दिन विभिन्न गतिविधिहरु भएका छन । महायज्ञको दोस्रो दिन दैनिक पुजापाठ लगायत दिवासत्रको कथावाचन संगै साँस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको हो ।

साथै विभिन्न व्यक्तिहरुले महायज्ञमा दान समेत गरेका छन । प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्याय र मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले दान दाताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । महायज्ञमा हालसम्म शान्ति कलस रसिद र विभिन्न व्यक्तिहरुबाट दान सहयोग गरि कुल २ लाख ७१ हजार ३ सय पैचालिस रुपैयाँ संकलन भएको मुल आयोजक समिति सचिव कर्ण बहादुर धामीले जानकारी दिनुभयो ।

दोस्रो दिन नगद ५ हजार भन्दा बढी दान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । जसमा भ्वान सिंह बोगटी, भारी धामी, नामसरा थापा र खगेन्द्र प्रसाद भण्डारी रहेका छन । यस्तै शान्ति कलश रसिद लिएका अन्य ७५ जना बढीको नाम बाचन समेत गरिएको थियो ।

नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी भैरव मन्दिर स्थापना, संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञमा उपस्थित भई अमृत रुपी कथा श्रवण गरिदिन र सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।
महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म दैनिक पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ ।
शुक्रबारबाट सुरु भई बैशाख २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्यायले पुराण वाचन गरिरहनुभएको छ ।
