मंगलसेन ३ कुटीमा जारी शिव महापुराण महायज्ञको पाँचौं दिन विभिन्न व्यक्तहरु द्वारा नगद दान

Purnima Mobile
Samajik Bal biwaha

नर्मदेश्वर शिवालय क्षेत्र मंगलसेन ३ कुटीमा सञ्चालित शिव महापुराण महायज्ञको पाँचौ दिन मंगलबार विभिन्न गतिविधिहरु भएका छन । महायज्ञको दैनिक पुजापाठ लगायत दिवासत्रको कथावाचन संगै विभिन्न व्यक्तिहरुले दान सहयोग समेत गरेका छन ।

Mangala Bharna

‎मंगलबारको कार्यक्रममा अछाम क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो । महाँयज्ञको दिवासत्रको कार्यक्रममा विभिन्न व्यक्तिहरुले दान सहयोग गरेका छन । जसमा दान दाताहरु वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी, वडानम्वर ३ निवासी छत्र बोगटी, महेन्द्र बोगटी, मोहन बोगटी, दिपक बिष्ट तथा चित्रा बिष्ट, जितेन्द्र शाह तथा शारदा शाह र नर बहादुर साउदलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधसभा सदस्य पुष्प बहादुर शाह र प्रमुख कथाबाचक मदनराज उपाध्यायले सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Mellekh RM1

पाँचौ दिन जम्मा ५० हजार रुपैयाँ बराबरको दान सहयोग प्राप्त भएको मुल आयोजक समितिका सचिव कर्ण बहादुर धामीले जानकारी दिनुभयो ।

Saud Agro Kailash

‎नरमदेश्वर शिवालय क्षेत्रमा नन्दी भैरव मन्दिर स्थापना, संरचना निर्माण र धार्मीक तथा पर्यटकीय विकास संगै नर्मदेश्वर शिवालय क्षेत्रलाई धामको रुपमा विकास गर्ने उदेश्यले सञ्चालित शिवपुराण महायज्ञमा उपस्थित भई अमृत रुपी कथा श्रवण गरिदिन र सक्दो दान सहयोग गरि पुण्य प्राप्ती गर्नहुन सम्पूर्ण श्रदालु भक्तजनहरुमा मुल आयोजक समितिले अनुरोध गरेको छ ।

महायज्ञमा हरेक दिन बिहान ५ देखि ६ बजे सम्म योग ध्यान, ६ देखि ९ बजेसम्म दैनिक पुजा, ९ देखि ११ बजेसम्म मुलपाठ, १२ देखि ४ बजेसम्म कथा प्रवचन, ४ देखि साढे ४ बजेसम्म आरती समापन र सन्धयाकालिन कथा प्रवचन साँझ ७ देखि १० बजेसम्म हुने कार्यतालिका रहेको छ ।

बैशाख १९ गते शुक्रबारबाट सुरु भई बैशाख २९ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथाबाचक पण्डित मदनराज उपाध्यायले पुराण वाचन गरिरहनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.